Madhes Khabar
राजनीति हेडलाइन

रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति शर्माले छोडिन् पार्टी

काठमाडौं,६फागुनःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् ।
हाल पार्टीको केन्द्रीय महिला तथा समाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु ।’

यसअघि पनि टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको भन्दै रास्वपाका केही नेताहरुले पार्टी छोडेका थिए ।

 

Related posts

नारायणी अस्पतालकाे मेसुमा अब डा. मदन उपाध्याय आउँदै, डा. दास नआउने

MadhesKhabar

वीरगन्जकाे श्रीपुरमा ६० जनाद्वारा रगत दान

MadhesKhabar

वीरगन्जको बालसुधार गृहमा प्रहरी समयमै पुग्दा हुन पाएन ठूलो दुर्घटना

MadhesKhabar

Leave a Comment