Madhes Khabar
स्वास्थ्य हेडलाइन

एमआरआइ मेसिन खरिद प्रकरणमा नारायणी अस्पताल भन्छ : मेसिन खरिदको सबै काम मन्त्रालयबाट भएको हो

मधेसखबर
वीरगन्ज,२९मंसिर : वीरगन्ज स्थित नारायणी अस्पतालले झन्डै ३० करोड रुप्ेयामा चिनियाँ कम्पनीको एमआरआई मेसिन खरिद गरेको छ। टेन्डरमा एउटा मात्र कम्पनीले निवेदन दिए पनि त्यसलाई स्वीकार गरिएको थियो। तर, मेसिन खरिद प्रक्रियाको सबै काम स्वास्थ्य मन्त्रालयले नै गरेको अस्पताल प्रशासनको भनाइ छ।

नारायणी अस्पताललले ३० करोड रुपैयामा चाइनिज उत्पादक कम्पनि युनाइटेड इमेजिसन हेल्थकेयर प्रालिले उत्पादन गरेको एमआरआइ मेसिन खरिद गर्दा त्यसमा अनियमितता भएको आशंका गरिएको छ ।तर अस्पताल प्रशासनले भने एमआरआइ मेसीन खरिद प्रकृयामा अस्प्तालको निर्णायक भूमीका नै नरहेको प्रष्टिकरण दिएको हो ।

अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले एमआरआइ मेसीनको प्राविधिक स्पेसिफिकेसन बनाउने देखि टेण्डर स्वीकृत गर्ने सम्मको सम्पूण काम मन्त्रालयले नै गरेकोले आफुहरुको भूमीका त्यसमा नभएको बताए ।सिंहका अनुसार , एमआरआइ मेसीन खरिदका लागि आवश्यक अनुमानित लागत रकम मन्त्रालयले निकासा गरेपछि अस्पताल प्रशासनले एमआरआइ मेसीनको प्राविधिक स्पेसिफिकेसन बनाउने जिम्मा मन्त्रालयलाई पत्रचार गरेर दिएको थियो ।

त्यसपछि मन्त्रालय आफैले विज्ञ राखेर प्राविधिक स्पेसिफिकेसन बनाएर पठाएपछि सोकै आधारमा अस्पताल प्रशासनले एमआरआइ मेसीन खरिदका लागि २०७८ माघमा ई– टेण्डर राष्ट्रिय पत्रिका मार्फत आह्वान गरेको अस्पतालका जिन्सी शाखा प्रमुख सुशील यादवले बताए ।टेण्डर आह्वान पछि काठमाण्डौको लुम्बिनी हेल्थ केयर प्रालिको मात्रै आवेदन परेको उनले बताए ।

त्यसपछि अस्पतालले टेण्डर स्वीकृति गर्ने जिम्मा पनि आफुले नगरि मन्त्रालयलाई नै जिम्मा दिएको र मन्त्रालयले नै त्यो स्वीकृत गरेको अस्पतालका सुचना अधिकारी सिंहले बताए ।सिंहले भने ,‘ अस्पतालले मन्त्रालयले तयार पारेर पठाएको प्राविधिक स्पेसिफिकेसनका अनुसार टेण्डर मात्रै आह्वान गरेको हो , अनुमानित लागत रकम उपलब्ध गराउने , प्राविधिक स्पेसिफिकेसन बनाउने , टेण्डर स्वीकृत गर्ने सबै जिम्मा मन्त्रालय आफैले गरेको हो , त्यस कारण एमआरआइ मेसीन खरिद प्रकृयामा अस्पताल प्रशासनको निर्णायक भूमीका केहि पनि छैन ।

Related posts

विकासको रोडम्याप लिएर जनतामाझ काँग्रेस उम्मेदवार चौरसिया ,जनतामा उत्साह

MadhesKhabar

वीरगन्जलाई व्यवस्थित गर्न ज्येष्ठ नागरिकको अनुभव आवश्यक छ : मेयर सिंह

MadhesKhabar

पर्साको महुवनमा गुठीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरुमा चल्यो डोजर

MadhesKhabar

Leave a Comment