Madhes Khabar
राजनीति हेडलाइन

विकासको रोडम्याप लिएर जनतामाझ काँग्रेस उम्मेदवार चौरसिया ,जनतामा उत्साह


वीरगंज २३ ,माघ :पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय चौरसियाले आज बुधबार पनि भेला, भेटघाट तथा छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन्।

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ र २ मा भएको कार्यक्रमका क्रममा काँग्रेस नेता चौरसियाले क्षेत्रभित्र विकास निर्माणका अधुरा कामहरू क्रमशः पूरा हुँदै गएको बताएका छन्। उनले विभिन्न पुल निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढिसकेको र यसै वर्षदेखि निर्माण कार्य सुरु हुने जानकारी दिए।चौरसियाका अनुसार पर्सा क्षेत्र नम्बर २ मा हालसम्म भएका धेरै विकास निर्माणका कामहरू नेपाली काँग्रेसकै नेतृत्वमा सम्पन्न भएका छन्। भेडाहा खोला लगायतका पुल निर्माण, सडक पिच गर्ने कार्य तथा विद्युत बत्ती व्यवस्थापनजस्ता योजनाहरू काँग्रेस सरकारकै पालामा अघि बढेको उनले उल्लेख गरे।

उनले सडक सञ्जाल विस्तार गरी गाउँगाउँसम्म उद्योग सञ्चालनको वातावरण बनाउने लक्ष्य रहेको बताउँदै विकासका सपना साकार पार्न जनताको साथ आवश्यक रहेको बताए। जनताले गरेका अपेक्षाहरू आफू निर्वाचित भएपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै चौरसियाले काँग्रेस सधैं जनताको सेवा, अधिकार र विकासका लागि तत्पर रहँदै आएको र आगामी दिनमा पनि रहने बताए।

अन्त्यमा उनले आफ्नो पक्षमा सहयोग गर्न र नेपाली काँग्रेसलाई विजयी बनाउन स्थानीय जनतालाई आग्रह गरेका छन्।

Related posts

जनकपुर पुगेर महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता

MadhesKhabar

धोबिनी गाँउपालिकाले ल्यायो ३९ करोड बढीको बजेट : कृषि,शिक्षा,स्वास्थ्य मुख्य प्राथमिकतामा

MadhesKhabar

वीरगन्जका सुजीत यादवले इरानमा हुने एसियाली कुस्ती च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्दै

MadhesKhabar

Leave a Comment