Madhes Khabar
राजनीति

जनकपुर पुगेर महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता

काठमाडौं,२३पुसःजनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबार जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । उनले महोत्तरी क्षेत्र नम्बर ३ बाट दुई पटक प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव जितेका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय भएको थियो । दुवै दलबीच एकता भएपछि जसपा नेपालले ठाकुरलाई उम्मेदवार बनाएको हो । जसपा नेपालसँग एकता हुनुअघि ठाकुर लोसपाका अध्यक्ष थिए।

राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ ।राष्ट्रिय सभाका १८ सिटमध्ये नेपाली कांग्रेसलाई ९, नेकपा एमालेलाई ८ र जसपा नेपाललाई १ सिट भागबन्डा भएको छ।साभारःअनलाइनखबर

 

Related posts

जसपा नेपालका नेतालाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री यादवले भने : कांग्रेस ‘लास र दासको पार्टी’ हो

MadhesKhabar

महिला फुटबल टोलीकी कप्तान साम्बाको उपचारका लागि कांग्रेसले दियो ५ लाख

MadhesKhabar

कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न बिजुलीकाे `बल्ब´

MadhesKhabar

Leave a Comment