Madhes Khabar
स्थानिय हेडलाइन

कार्यसम्पादन मुल्यांकनमा बाराकाे परवानीपुर गाउँपालिका मधेस प्रदेश मै सर्वाेत्कृष्ट

बारा,५चैत:कार्यसम्पादन मुल्यांकनको अधारमा बाराकाे परवानीपुर गाउँपालिका मधेस प्रदेश मै सर्वाेत्कृष्ट पालिका भएको छ ।

मधेस प्रदेशमा रहेका ५९ वटा गाउँपालिका, ७३ वटा नगरपालिका, ३ वटा उपमहानगरपालिका र एकवटा महानगरपालिका गरी १ सय ३६ वटा पालिका रहेकाेमा ती मध्ये परवानीपुर गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्यांकन अनुसार कुल ६६.४७ अंक ल्याएर मधेस प्रदश मै पहिलाे स्थान प्राप्त गर्न सफल भएको हो ।

स्थानीय तह स्रोत परिचालन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको मुल्यांकन अनुसार स्तरीय कार्यगरी नतिजा दिन सकेकाले प्रदेशमा उत्कृष्ट भएको परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले बताए । उनका अनुसार आयोगले निर्धारण गरेको सुचकमा मात्र केन्द्रित नभई जनताको आवश्यक्ता र समग्रमा बजेट बाडफाड, कार्यन्वयन, शिक्षा, स्वास्थ्य लगायतमा विशेष प्राथमिकता दिएकाले याे नतिजा आएको हो । कतिपय विषयवस्तुमा काम भइरहेकै अवस्थामा समेत मुल्यांकन गरिएकाले प्रतिशत बढ्न सकेन तरपनी प्रदेश मै राम्रो गर्नु सबैका लागी खुशीकै कुरा भएको उनकाे प्रतिकृया छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग हरेक वर्ष स्थानीय तहले गरेको कार्यको मुल्यांकन गर्दै त्यसका अधारमा विभिन्न १७ वटा सुचकको अधारमा मुल्यांकन गर्दै आएको छ । मधेस प्रदेशको १ सय ३६ पालिकाको नतिजा अनुसार उत्कृष्ट पाँचमा बारा र सप्तरी जिल्लाको २/२ वटा पालिका र पर्साको एउटा पालिका परेका छन् ।

जसमध्ये बाराको परवानीपुर गाउँपालिका ६६.४७ अंकका साथ पहिलो, सप्तरीको सुरुङ्गा नगरपालिका ६६.०२ का साथ दोस्रो, बाराकै कलैया उपमहानगरपालिका ६४.९३ अंकका साथ तेस्रो ,पर्साको ठोरी गाउँपालिका ६४.१४ अंकका साथ चौथो र सप्तरीको सप्तकोशी नगरपालिका ५८.८४ अंक ल्याएर पाँचौ उत्कृष्ट पालिका भित्र परेका छन् ।

मधेस प्रदेशको उत्कृष्ट पाँच पालिका मध्येले प्रायःले बजेट विनयोजन, खर्च व्यवस्थापन, बेरुजु फर्छौट शिक्षा र स्वास्थ्यको मापदण्डलाई प्राथमिकतामा राखेको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बजेट बाडफाड कार्यन्वयन, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाको अवस्था लगायतको मुल्यांकन गर्ने गर्दछ । जसमा राजश्व र व्यायको अनुमान, समयसिमा भित्रै गाऊँसभाबाट पारित, प्रक्षेपण गरेअनुसार अर्थमन्त्रालयमा पेश गरे नगरेको त्यस्तै विनियोजित रकम अनुसार खर्चको व्यवस्थापन, लेखापरिक्षणबाट औल्याएको बेरुजुको अवस्था, विद्यार्थी भर्ना, टिकाउ दर, स्तरवृद्धि, गर्भजाँच तथा महिलाको अनुपात तथा बालबालिकाको खोप लगायतको सुचक मुल्यांकन गर्ने गरिन्छ ।

Related posts

वीरगन्जको कर्फ्युमा पनि रोकिएन प्रदर्शन, गोली लागेर अहिर घाइते

MadhesKhabar

बाराको सिम्रौनगढमा भएको झडपमा १२ जना घाइते

MadhesKhabar

वीरगन्जका युवक सोनारको हत्या प्रकरण : अनुसन्धानका लागि श्रीमति प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment