Madhes Khabar
राजनीति

वीरगन्ज नर्सिङ्ग क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघसहित चार संगठन दर्ता

वीरगन्ज,१९फागुन:आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि वीरगन्जमा चिकित्सा शास्त्र अध्ययन संस्थान(वीरगन्ज नर्सिङ्ग क्याम्पसमा राजनीतिक दल सम्बद्ध चार विद्यार्थी संगठनले दर्ता गराएका छन्।

 

स्ववियु निर्वाचनका लागि साेमबार संघ/संगठन दर्ताकाे समय ताेकिएकाेमा वीरगन्ज नर्सिङ्ग क्याम्पसमा चार वटा विद्यार्थी संगठनहरू दर्ता भएका हुन्।

निर्वाचन समितिकी अध्यक्ष अञ्जु कुमारी महतोका अनुसार स्ववियु निर्वाचनका लागि नेपाली कांग्रेस निकटकाे नेविसंघ,नेकपा एमाले निकट अनेरास्ववियु,नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी) र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले संगठन दर्ता गराएका हुन्।

स्ववियु निर्वाचनका लागि फागुन २१ गते मतदाता नामावली प्रकाशन,फागुन २७ गते मनाेनयन दर्ता र चैत ५ गते मतदानकाे निर्वाचन कार्यतालिका रहेकाे छ।

Related posts

राष्ट्रपतिलाई धन्यवाद दिदैं उपेन्द्र यादवले भने : अब नागरिकता समस्या समाधान हुन्छ

MadhesKhabar

रमेश कुर्मी भन्छन् : झुठा आश्वासन बाँड्नेहरुसंग सतर्क रहनु हाेला

MadhesKhabar

पर्सामा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा पैसाको चलखेल भएको प्रदेश सभा सदस्य शर्माको आरोप

MadhesKhabar

Leave a Comment