वीरगन्ज,१३माघःपर्साको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्न भएको छ। उक्त भेलामा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक तथा चुनावी रणनीतिका साथै पर्सा क्षेत्र नम्बर २ का जनताको समस्याका बारे व्यापक छलफल गरिएको छ।
भेलामा सहभागी रास्वपाका अगुवा नेताकार्यकर्ताहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी तथा उत्तरदायी राजनीतिक अभ्यासलाई पार्टीको मूल एजेन्डा बनाउँदै नागरिकको आवाज सशक्त रूपमा संसदसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए। वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै उनिहरूले परम्परागत राजनीति नागरिकमैत्री हुन नसकेको उल्लेख गर्दै अब नयाँ सोच र कार्यशैली आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा स्थानीय तहमा पार्टी संगठनलाई अझ प्रभावकारी बनाउँदै जनसम्पर्क विस्तार गर्ने, नयाँ कार्यकर्तालाई सक्रिय रूपमा समेट्ने तथा पुराना कार्यकर्तासँग समन्वय मजबुत बनाउनुपर्नेमा जोड दिइएको थियो। साथै, पार्टीको नीति, सिद्धान्त र कार्यदिशाबारे स्पष्ट धारणा राख्दै आगामी दिनमा जनतामाझ पुग्ने रणनीतिबारे समेत छलफल गरिएको थियो।
भेलामा पर्सा–२ का विभिन्न स्थानबाट आएका कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले परम्परागत राजनीतिक अभ्यासबाट अलग रही नीतिगत, जवाफदेही र परिणाममुखी राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी त्यसै दिशामा अघि बढिरहेको बताए।
त्यसैगरी, आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारलाई विजय गराउने रणनीतिबारे समेत गम्भीर छलफल भएको जनाइएको छ। निर्वाचनमा पार्टीको पकड मजबुत बनाउने, घरदैलो अभियानलाई प्रभावकारी बनाउने र मतदातासँग प्रत्यक्ष संवाद बढाउने विषयमा कार्ययोजना तयार गरिएको बताइएको छ।

