Madhes Khabar
राजनीति

बारा २ मा एमाले र जसपाबीच मुख्य प्रतिस्पर्धा हुन्छ : एमाले सचिव महासेठ

वीरगन्ज,२०चैत : नेकपा एमालेका सचिव रघुवीर महासेठले बारा क्षेत्र नंबर २ मा एमाले र जसपाबीच मुख्य प्रतिस्पर्धा हुने बताएका छन् । नेता पुरुषोत्तम पौडेलको मनोनयन दर्ता गराउन कलैया पुगेका उनले पत्रकारसँग कुरा गर्दै यस्तै बताएका हुन् ।

केपी ओलीको नेतृत्वमा साढे ३ वर्षमा मधेसमा भएका कामको मुल्यांकन गरेर बारा–२ का जनताले मतदान गर्ने उनको भनाइ छ । एमालेले जित्ने आधार भनेकै एमाले प्रति जनताको विश्वास भएको दावी उनको छ ।

‘ बारा जिल्लामा मात्रै हैन, मधेस प्रदेशमा ०७४ साल भन्दा अगाडि विरोधीहरुले एमालेको बारेमा मधेस विरोधी, विकास विरोधी पार्टी भनेर भ्रम सृजना गरेका थिए, त्यो भ्रम ०७४ पछि समाप्त भइसकेको छ । ०७४ सालमा एमालेले प्रदेशमा २ वटा प्रतिनीधि सभामा विजयी भएको थियो। ०७९ मा ९ वटामा विजयी भएको छ । धेरै ठाउँमा १ सय, १ सय ५० ले पराजित भएको छ ।’

जनताको दवावले गर्दा बारा २ मा मनोनयन दर्ता गरेको बताउँदै उनले जनताले साथ दिने विश्वास व्यक्त गरे । ‘बारा २ मा गठबन्धनको नाममा ०७४ र ०७९ मा उम्मेदवारी दिएनौं, यसपटक पनि उम्मेदवारी दिने नदिने भनेर बसेका थियौं, तर जनताको दवावले दिन बाध्य भएका हौं।’

उनले भने, ‘जनदवाव आत्मियता हो । विश्वास छ, पिछडिएको दलित, जनजाति, मधेसी समुदाय, अन्य वर्गको आशाको केन्द्र एमाले नै हो।’ साभार : अनलाइनखबर

 

Related posts

बारामा आएर कांग्रेस महामन्त्री गगनले भने : सत्ता समीकरण फेरिदैन,१ वर्षमा संविधान संशोधन हुन्छ

MadhesKhabar

वीरगन्ज निवासी भूतपूर्व एसएसपी अनुराग द्विवेदी जनमत पार्टीमा प्रवेश

MadhesKhabar

रास्वपाले पर्सा जिल्लामा दुई महिने संगठन निर्माण अभियान सञ्चालन गर्दै

MadhesKhabar

Leave a Comment