Madhes Khabar
राजनीति हेडलाइन

बारामा आएर कांग्रेस महामन्त्री गगनले भने : सत्ता समीकरण फेरिदैन,१ वर्षमा संविधान संशोधन हुन्छ

बारा,३बैशाखः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सत्ता समीकरण नफेरिने स्पष्ट पारेका छन् ।बाराको बडहर्वामा बुधबार नेपाली कांग्रेस क्षेत्र नम्बर–३ ले आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले कांग्रेसको कारण अहिलेको सत्ता समीकरण नफेरिने बताए ।तर सरकारको कामगर्ने शैली ठीक ढंगले अगाडि नबढेको भन्दै उनले सरकारको काम गर्ने शैली फेर्नु पर्ने आवश्यकता रहेको बताए ।

थापाले भने,‘ सरकारको काम कारबाहीको समीक्षा भईरहेको छ, चाँडै सरकारको काम गर्ने शैली परिवर्तन गरिनेछ ।’ । उनले सरकारले अविलम्ब शिक्षकहरुलाई कार्यक्षेत्रमा फर्काउने वातावरण तयार गर्नुपर्ने आवश्यकता रहेकोपनि बताए ।

उनले संविधान प्रति देखिएका केही असन्तुष्टि सम्बोधन गर्न अबको एक बर्षभित्रमा संविधान संशोधन गरिने स्पष्ट पारे ।नेपाली कांग्रेसको १५ औं महाधिवेशन तोकिएकै समयमा गरिने महामन्त्री थापाले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री फरमुल्लाह मंसुरले विधान र पद्धति अनुसार पार्टी चल्नुपर्नेमा जोड दिए ।उनले प्रतिगामी तत्वहरु सलबलाउन थालेको भन्दै त्यसलाई निस्तेज पार्न सबै सचेत हुनु पर्ने बताए । अर्का सहमहामन्त्री उमाकान्त चौधरीले मधेस कांग्रेसको उर्वर भुमि भएको बताउँदै मधेसमा पार्टीलाई बलियो बनाउन बिशेष ढंगले अगाडि बढनुपर्नेमा जोड दिए।

कांग्रेसका क्षेत्रीय सभापति प्रभात चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश उपसभापति चन्द्राशेखर यादव्ब्र वीरेन्द्र सिँह,सहमहामन्त्री जयनारायण यादव,जिल्ला सचिव भैयाराम यादव, क्षेत्रीय सभापति विजयशंकर यादव,महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव लगायतकाले पनि सम्बोधन गरेका थिए ।

 

Related posts

पूर्व मुख्यमन्त्री गद्दीको आफ्नै वडामा जसपा नेपाललाई जम्मा ३९ मत

MadhesKhabar

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

MadhesKhabar

असंवैधानिक कदम चाल्ने राष्ट्रपतिले ठूलो मुल्य चुकाउनु पर्छ : युवा नेता लोकेश सिंह

MadhesKhabar

Leave a Comment