Madhes Khabar
राजनीति

पूर्व मुख्यमन्त्री गद्दीको आफ्नै वडामा जसपा नेपाललाई जम्मा ३९ मत

वीरगन्ज, २६ फागुन :पूर्व मुख्यमन्त्री महम्मद लालबाबु राउत गद्दीको आफ्नै वडा वीरगन्ज महानगरपालिका–१३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले जम्मा ३९ मत मात्र प्राप्त गरेको छ। फागुन २१ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा पर्ने पर्ने वीरगन्ज– १३ मा जसपा नेपालका उम्मेदवार रामनरेश प्रसाद यादवले ३९ मत मात्रै पाएका हुन् । कूल सदर मतको १० प्रतिशतपनि मत नपाएर जमानत जफत गराएका जसपा नेपालका उम्मेदवार यादवको चुनावी कमाण्डर पूर्वमुख्यमन्त्री गद्दी नै थिए । तर उनको आफ्नै वडामा जसपा नेपालका उम्मेदवार यादवले ३९ मतममात्रै पाए ।

उक्त मतले आफूलाई पार्टीका वरिष्ठ नेता बताउँदै आएका पूर्वमुख्यमन्त्री गद्दी र जसपा नेपालको धरातलीय जनाधार कति छ ? भन्ने प्रश्न उठेको छ । यस्तै जसपा नेपाल पर्साका अध्यक्षसमेत रहेका पर्सा–१ उम्मेदवार यादव बसोबास गर्दै आएको वीरगन्ज महानगरपालिका वडा नम्बर २८ मा पनि उनको चुनाव चिह्न ‘छाता’ लाई जम्मा २५ मत मात्रै प्राप्त भएको छ। वडा नम्बर २८ पर्सा क्षेत्र नम्बर २ मा पर्छ ।

पार्टीभित्रका केही नेताहरूका अनुसार मधेश प्रदेशका विवादित पूर्व मुख्यमन्त्री गद्दीमाथि लागेको भ्रष्टाचार आरोप र जिल्ला अध्यक्ष यादवको नेतृत्वका कारण पर्सामा जसपा नेपालको संगठन कमजोर बनेको हो। एक समय पर्सामा पहिलो पार्टी बनेको जसपा नेपालको संगठन अहिले कमजोर अवस्थामा पुगेको उनीहरूको भनाइ छ।

पर्सालाई जसपा नेपालको बलियो गढ मानिँदै आए पनि अध्यक्ष यादव र पूर्वमुख्यमन्त्री गद्दीको नेतृत्वका कारण पार्टी संगठन कमजोर भएको आरोप पार्टीभित्रै उठिरहेको बताइएको छ।

Related posts

चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन : संविधान सभा सदस्य यादव

MadhesKhabar

रामचन्द्र पौडेल बने गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति : कामु प्रधानन्यायाधीश कार्कीबाट लिए शपथ

MadhesKhabar

पर्सामा कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष यादवसहित सयौं जना जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment