Madhes Khabar
राजनीति

मधेस सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार

जनकपुरधाम, २५ कात्तिक :मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमालेबाहेकका दलहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दलहरुले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । उक्त रिट निवेदनको पेसी बुधबारका लागि तोकिएको छ ।संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

रिट लिएर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइनसहितका नेताहरू सर्वोच्च अदालत पुगेका थिए । उनीहरुलाई रिट निवेदनमा सहयोग गर्न मधेस प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता दीपेन्द्र झासमेत पुगेका थिए ।

सोमबार दलहरुलाई छलेर संविधानको धारा १६८ को ३ बमोजिम तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै भण्डारीले महोत्तरीको बर्दिबासको पानस होटेलमा नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ ग्रहण गराएकी थिइन् । यसप्रति काँग्रेससहितका दलहरु आक्रोशित बनेका छन् ।

होटेलमा मुख्यमन्त्रीलाई शपथ खुवाउनले तत्कालीन प्रदेश प्रमुख भण्डारी भने पदमुक्त भइसकेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार भण्डारीलाई पदमुक्त गरेका हुन् ।साभारःअनलाइनखबर

 

Related posts

मन्त्री गुप्तालाई एमाले मधेस प्रदेश कमिटीले गर्‍यो सम्मानित

MadhesKhabar

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसंग सम्बन्धित बाँकी काम छिटै टुंगिन्छ : मन्त्री चौरसिया

MadhesKhabar

लाेसपाले संविधान दिवसलाई विरोध दिवस’ को रुपमा मनाउने

MadhesKhabar

Leave a Comment