Madhes Khabar
राजनीति

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसंग सम्बन्धित बाँकी काम छिटै टुंगिन्छ : मन्त्री चौरसिया

फाइल तस्बिर ।

काठमाडौं,१३साउन:कानुन,न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसंग सम्बन्धित बाँकी कामहरू छिट्टै सम्पन्न गर्ने सरकारले लक्ष्य रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।उनले संक्रमणकालीन न्यायसंग सम्बन्धित विधेयक पनि सर्वसम्मतिले पारित भइरहेको र शान्ति सम्झौताका क्रममा भएका समझदारी, सहमति र सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको बताए ।

विगतमा भएका जनआन्दोलन,सशस्त्र द्वन्द्व, मधेस आन्दोलन लगायतका विभिन्न राजनीतिक आन्दोलन, आन्दोलनमा घाइते एवं अपाङ्गको सूचि अद्यावधिक गर्न समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गर्ने उनले बताए ।

सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाहका लागि भत्ता वितरण तथा द्वन्द्व पीडितलाई क्षतिपूर्ति, उपचारमा आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारको अवसर र आर्थिक सहायता उपलब्ध गराइ पुनः स्थापना र परिपूरण लगायतको कार्य गर्न शान्ति कोषको व्यवस्था गरिएको उनले बताए।

मन्त्री चौरसियाले राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरूलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइने बताए । साभार:राताेपाटी

Related posts

जसपा पर्साको ४ वटै क्षेत्रका इन्चार्ज चयन

MadhesKhabar

मेराे अभिव्यक्तिले यदि कसैलाई चाेट पुगेकाे छ भने क्षमा माग्छु : कांग्रेस सभापति क्षेत्री

MadhesKhabar

संघीयता रक्षाका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्रको चेतावनी

MadhesKhabar

Leave a Comment