Madhes Khabar
राजनीति हेडलाइन

देउवाले एकलाैटी गरेकाले गठबन्धन भत्किएकाे शेखर काेइराला समुहकाे निष्कर्ष

फाइल फाेटाे

काठमाडौं ,१३पुस: नेपाली कांग्रेस संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी गरेको आरोप लगाएको छ । डा.शेखर कोइराला समूहको बुधबार बिहान बसेको बैठकमा नेताहरुले पार्टी सभापति देउवाले निर्णय प्रक्रियामा सल्लाह नै नगरी एकलौटी ढंगले अघि बढ्दा गठबन्धन तोडिएको बताएका हुन्।

इतर समूह आगामी केन्द्रीय कार्य समिति बैठकमा देउवासँग फेस गर्ने योजनामा छ । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा नै कुरा राख्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले अन्नपूर्णलाई जानकारी दिए ।

बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बैठक बसेको थियो । पछिल्लो विकसित राजनीतिक घटना क्रमका बारेमा फेरि समूहको छलफल बोलाउने तयारी छ ।

नयाँ सत्तासमीकरण भएपछि कांग्रेस सत्ताबाट बाहिरिएको छ। संसदमा ठूलो दल बनेको कांग्रेस पार्टी सभापति देउवाकै हठका कारण प्रतिपक्षमा पुगेको भन्दै कांग्रेसभित्र विवाद सिर्जना भएको छ।

पाँच दलीय गठबन्धन भत्किएर एमाले नेतृत्वमा नयाँ सत्तासमीकरण बनेको छ। एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन्।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

मधेसमा एमालेले मलकाे कारखाना खाेल्छ : वरिष्ठ उपाध्यक्ष पाेखरेल

MadhesKhabar

मुर्लीका युवतीहरुलाई आत्मनिर्भर बनाउन उपकार सेवाले दियो सिलाई कटाईको तालिम

MadhesKhabar

सुहाउँदो जोडी खोज्ने अभियान सहित वीरगंजमा खुल्यो हाम्रो विवाह डट कम

MadhesKhabar

Leave a Comment