Madhes Khabar
समाचार

आउँदो मंगलबारदेखि नेपालमा मनसुन प्रवेश हुने र गर्मी कम हुने मौसमविद्को अनुमान

काठमाडौं , २७ जेष्ठ : नेपालमा आउँदो मग्लबारदेखि गर्मी केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् ।अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय अवस्थाका कारण आउँदो मङ्गलवारदेखि नेपालमा मौसम बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिए । यी दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मङ्गलवार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए ।

आजशनिबार मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तरभागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ ।

चाँडो सक्रिय भइरहेको मनसुनलाई अरब सागरको आँधी र बङ्गालको खाडीको न्यूनचापीय अवस्थाले चाँडो नेपालतर्फ धकेल्ने भएकाले नेपालमा गर्मी घट्ने दिन नजिकिएको जलवायुविज्ञ उप्रेतीले बताए ।

देशका केही ठाउँमा आज पानी पनि परेको छ । पछिल्लो तीन घण्टामा म्याग्दीको घोरेपानी र सिन्धुलीको कुशुमटारमा १७ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । आज ताप्लेजुङ, सोलुखुम्बु, दोलखा, मकवानपुर, कास्की, प्युठान, रोल्पा लगायतका जिल्लामा पनि सामान्य वर्षा भएको छ ।

तराई मधेसका जिल्लामा खपिनसक्नुको गर्मी उस्तै छ । मध्य र पश्चिम तराईका धेरैजसो ठाउँको तापक्रम ४० देखि ४३ डिग्री सेल्सियस पुगेको छ । तराई मधेसका जिल्लामा तातो हावा चल्ने क्रम जारी नै रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।

तातो हावाबाट बच्न घरभित्र अर्थात् चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा जुस, सर्बत प्रशस्त मात्रामा पिउन विज्ञले आग्रह गर्दै आएका छन् ।

 

Related posts

तीनकुने घटनाका मुख्यकमाण्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा

MadhesKhabar

सिमरामा जेनजीको प्रदर्शन आजका लागि स्थगित, वार्ता भोलि हुने

MadhesKhabar

मधेस मिडिया काउन्सिलका अध्यक्ष उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर,६ महिना कैद र १ लाख जरिवाना

MadhesKhabar

Leave a Comment