वीरगन्ज,१०पुसःवीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागू औषध नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ । इनर्वास्थित पोखरीको डिलमा बेवारिसे अवस्थामा रहेको एउटा बोराभित्र रहेको ११ हजार ६८ पिस नाईट्राभेट ट्याब्लेट सशस्त्र प्रहरीले बिहीबार बिहान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेड क्वाटर वीरगन्जबाट खएिको टोलीले इनर्वास्थित पोखरीको डिलमा बेवारिसे भेटिएको प्लाष्टिकको बोरा खोलेर हेर्दा त्यसमा ७ सय ३८ पत्तामा रहको ११ हजार ६८ पिस नाईट्राभेट ट्याब्लेट फेला परेको सशस्त्र प्रहरी वल नेपाल नम्बर.१३ गण हेढ.क्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए ।
बरामद नाईट्राभेट ट्याब्लेट भारतबाट तस्करले ल्याउने क्रममा सुरक्षाकर्मीलाई देखेपछि फालेर हिेको हुनसक्ने अनुमान सशस्त्र प्रहरीको छ ।
बरामद उक्त नाईट्राभेट ट्याब्लेट आवश्यक कारबाहीका लागि प्रहरी चौकी ईनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक योञ्जनले जानकारी दिए ।

