Madhes Khabar
समाचार

पर्सामा लागू ओैषध गाँजा र ३ वटा मोटरसाइकलसहित एक जना पक्राउ

प्रमोद यादव
पर्सा, २४ साउन:पर्साको विन्दवासिनी गाउँपालिका–४ मधवलबाट प्रहरीले ३९ किलाे २५० ग्राम गाँजा र तीन वटा मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार राति ११:५५ बजे इटियाहीबाट मधवलतर्फ जाँदै गरेका व्यक्तिहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राेक्न खाेज्दा उनीहरू सवार तीन वटा मोटरसाइकल र तीन वटा झोला झाडीतिर फालेर भागेका थिए।

भागिरहेकामध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियाे। झाडीमा फालिएका झोला खोतल्दा ३९.२५० केजी गाँजा र छाडिएका तीन वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति, बरामद लागू पदार्थ र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नंबर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी मोहनराज निरौलाले जानकारी दिए।

Related posts

लेखक दिवसमा विनयराज गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू’ सार्वजनिक

MadhesKhabar

मधेस प्रदेशको पाँच जिल्लाका एसपीकाे सरुवा

MadhesKhabar

वीरगन्जको इनर्वा र छपकैयाबाट २१ लाखकाे ओैषधि लगायतका सामान बरामद

MadhesKhabar

Leave a Comment