Madhes Khabar
समाचार

फेसबुकमा गालीगलाैज गर्दै धम्क्याउने रास्वपा नेता यादव पक्राउ

राैतहट,२७साउन:सामाजिक सञ्जालमा(फेसबुक) मार्फत अभद्र किसिमको गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले रास्वपा नेता यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जालमार्फत स्थानीय सागर यादवलाई लक्षित गरी आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरे।

सामाजिक सञ्जालमा रास्वपा नेता यादवले गालीगलौज तथा अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि उनलाइ नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर एक-अर्काविरुद्ध अभद्र अभिव्यक्ति दिने क्रम बढिरहेका बेला रास्वपा नेताको पक्राउलाई स्थानीयस्तरमा चासोको बिषय बनेको छ ।

Related posts

मधेसका पूर्वमन्त्री, मेयरसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

MadhesKhabar

पर्साकाे पाेखरियाका साह ६४ लाखकाे सुनसहित सिन्धुलीमा पक्राउ

MadhesKhabar

पत्रकारको आवरणमा ब्राउन सुगरकाे कारोबार गर्ने यादवसहित तीन जना पक्राउ

MadhesKhabar

Leave a Comment