Madhes Khabar
स्थानिय हेडलाइन

अनुसन्धानका लागि रवि लामिछानेलाई आज वीरगन्ज ल्याइदै

फाइल तस्बिर ।

वीरगन्ज,२४मंसिर:वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको विषयमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई साेमबार वीरगन्ज ल्याइदैछ।

सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई गत बुधबार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियाे । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्क प्रालिमा सानाे पाइला सहकारीबाट करिब ८ करोड रुपैयाँ गएको थियो ।

सहकारीको रकम हिनामिना प्रकरणमा हाल जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमा रहेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई साेमबार हवाई मार्गबाट पाेखराबाट काठमाडौं लगिने छ। त्यहाँबाटपनि हवाई मार्ग हुँदै बाराकाे सिमरा विमानस्थलमा ल्याएर सिमरा विमानस्थलबाट स्थलमार्ग हुँदै वीरगन्ज ल्याउन लागिएको हाे।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबा दिउँसो २.३० बजेकाे उडानबाट लामिछानेलाई सिमरा ल्याउन लागिएको खबर आँफुहरुले पाएको रास्वपा पर्साका संयाेजक हरि पन्तले जानकारी गराए।

यता पर्साका प्रहरी उपरीक्षक कुमाेध ढुंगेललेपनि लामिछानेलाई साेमबार वीरगन्ज ल्याउने तयारी रहेकाे बताए ।समय भने निश्चित नभएको उनले बताए ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमै पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने साेमबार बिहानै पाेखराबाट वीरगन्ज ल्याइ पुर्याईएको उनले बताए ।

दुवै जनालाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै साेमबार बिहान वीरगन्ज ल्याइएको ढुंगेलले बताए ।

वीरगन्जस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उनिहरुको बयान लिइने र त्यसपछि उनिहरुलाई पोखरा फर्काइनेछ ।

Related posts

पर्सा १ काे सांसदका लागि वनमन्त्री यादवकाे एकल नाम सिफारिस

MadhesKhabar

नागरिकता पाएपछि ´खुशीकाे सीमा नाघेकाहरुकाे` कथा

MadhesKhabar

मेयर सिंहले गरेको प्रतिबद्धता अनुसार वडा वडामा “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरु गरिदै

MadhesKhabar

Leave a Comment