Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जका पूर्व मेयर सरावगीले छाडे एमाले, अब फेरि जसपामा फर्किने चर्चा !

वीरगन्ज,२८बैशाखः वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन् ।सरावगीले गत बुधबार नै एमालेकाे साधरण सदस्यसमेत नरहने गरि एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओेलीलाई राजिनामा पत्र पठाएकाे भएपनि उक्त राजिनामा पत्र शुक्रबार मात्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
नेकपा एमालेका केन्द्रिय परिषद सल्लाहकार सदस्य रहेका सरावगीले एमाले पार्टीमा आफुलाई कुनै भूमिका नदिईएकाे, निस्कृय बनाएर राखिएको भन्दै एमालेबाट राजिनामा दिएकाे जनाएका छन्।यसपछि आँफु कुनैपनि दलमा नलाग्ने र स्वतन्त्र रुपमा समाजसेवामा लाग्नेपनि उनले बताएका छन्।
यद्यपि उनले कुनै दलमा नलाग्ने बताएपनि उनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फेरि फर्कने चर्चा सर्वत्र छ।
सरावगीले यसअघ गत बुधबार नै आँफुले एमाले छाड्ने मनशाय बनाएकाे बताएका थिए ।
२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट वीरगन्ज महानगरको मेयरमा निर्वाचित भएका सरावगी गत स्थानीय तह निर्वाचन भन्दा पहिले २०७८ साल फाल्गुन २८ गते जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए । गत निर्वाचनमा सरावगी एमालेबाटै वीरगन्ज महानगरको मेयरमा चुनाव लडेर पराजित भएका थिए । त्यसपछि उनलाई एमालेले २०७९ साल असार २७ गते एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा मनोनित गरेको थियो ।

Related posts

सर्वदलीय बैठकको निष्कर्ष: तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी, कारबाही गर्नुपर्छ

MadhesKhabar

राजा आऊ देश बचाऊ भनेको सुन्छु, म नेपालभित्रै छु: पूर्वराजा शाह

MadhesKhabar

उम्मेदवारी दिदै वनमन्त्री यादवले भने : पर्सा १ मा पुन जितेर नयाँ ईतिहास रच्छु

MadhesKhabar

Leave a Comment