Madhes Khabar
राजनीति

राजा आऊ देश बचाऊ भनेको सुन्छु, म नेपालभित्रै छु: पूर्वराजा शाह

फाइल तस्बिर ।

काठमाडौं,१९पुष:पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकभित्रै रहेर देशको अवस्था नियालिरहेको बताएका छन्।

भैरहवामा बिहीबार नागरिक अभिनन्दन ग्रहण गर्दै पूर्वराजा शाहले नागरिकले आऊ, देश बचाऊ भन्ने आवाज सुन्न थालेको पनि बताए।

‘म जता जाऊँ, जता पुगूँ, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ। देशको सभ्यता र समृद्धि बढाऊँ। यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु। म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु। नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ पूर्वराजा शाहले भने।

उनले बुद्धभूमि सगरमाथाको देश, सुन्दर, अति मनोरम, यतिका सम्पदा, कतिकति मूल्य मान्यता र सभ्यता भएर कताकता हराइरहेको बताए। ‘कताकता आफैं हारिरहेका छौं,’ उनले भने।

समाज कानुन र व्यवस्थाबिना देश अस्तित्वमा रहन नहुने बताउँदै उनले देश सुहाउँदो, बलियो अभिष्टहरूमार्फत् अगाडि बढ्नुपर्ने बताए। ‘तर आज देश जर्जर भएको छ। बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिएको छ। देशको माया नभएर होइन, अवस्था बिग्रिएर, असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएका छन्। यस्तो अवस्थाको अन्त्य हुनै पर्छ,’ उनले भने।साभार:सेताेपाटीबाट

Related posts

ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन तीन दिन पछि सरयो , छानबिन गर्दा मतदाता पनि ५ सय घटे

MadhesKhabar

सरकारले थालेको सुशासन अभियानलाई असफल पार्ने षडयन्त्र भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

MadhesKhabar

बारा कांग्रेस सभापति यादव भन्छन् : मधेसको शान उपेन्द्र यादवको जित सुनिश्चित छ

MadhesKhabar

Leave a Comment