Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा प्रहरीको ठूलाे सफलता : वीरगन्जमा अहिलेसम्मकै धेरै ब्राउन सुगरसहित ४ काराेबारी पक्राउ

वीरगन्ज,२१चैत:वीरगन्ज नाकाबाट प्रहरीले ठूलाे परिमाणमा ब्राउन सुगरसहित चार जना भारतीयलाई पक्राउ गरेकाे छ।प्रहरीले पक्राउ गरेका मध्ये ब्राउन सुगरका मुख्य काराेबारीपनि रहेका छन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भन्सार नजिककाे रजतजयन्ति चाेकमा बुधबार साँझ नियमित चेकजाँचका क्रममा प्रहरीले २२० ग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत बिहारको रक्सौल-१४ मौजे टोलका ३२ वर्षीय कृष्ण कुमार गुप्ता, वडा नम्बर १३ का ४० वर्षीय सुधीर कुशवाहा र ३८ वर्षीय अमित श्रीवास्तव तथा वडा नम्बर १ का  राजा कुमार यादव रहेका छन्।तीमध्ये गुप्ता मुख्य काराेबारी हुन् भने राजा कुमार गाडीका चालक हुन् ।
रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बी.आर.०६डी-०००७ नम्बरको कालो रंगकाे स्कर्पियो गाडीमा सवार उनीहरूमाथि शंका लागेपछि प्रहरीले खानतलासी गरेको थियो।त्यसक्रममा उक्त गाडीकाे डिक्कीभित्र लुकाएर राखिकाे अवस्थामा दुई वटा प्याकेटबाट २२० ग्राम ब्राउन सुगर बरामद भएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
पक्राउ परेकामध्ये कृष्ण कुमार गुप्ता लागुऔषधका मुख्य कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक मिश्रले बताए।उनिविरुद्ध नेपालमा यसअघि पनि लागुऔषधसम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध मुद्दामा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराएर प्रहरी हिरासतमा राखिएकाे उनले बताए।

Related posts

हनुमान जन्मोत्सवमा जय श्रीरामको नाराले वीरगन्ज शहर नै गुन्जयमान

MadhesKhabar

मधेस प्रदेशस्तरीय छनाैट क्रिकेटमा पर्सा विजयी

MadhesKhabar

नवनियुक्त वनमन्त्री प्रदीप यादवलाई गृहनगर वीरगन्जमा भव्य स्वागत

MadhesKhabar

Leave a Comment