Madhes Khabar
स्थानिय

नवनियुक्त वनमन्त्री प्रदीप यादवलाई गृहनगर वीरगन्जमा भव्य स्वागत

मधेसखबर
वीरगन्ज,२५ असार : संघीय सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई गृहनगर वीरगन्जमा शनिबाार भव्य स्वागत गरिएको छ ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहनगर आइ पुगेका मन्त्री यादवलााइ वीरगन्जमा भव्य स्वागत गरिएको हो ।
वीरगन्जबाट हजारौंको संख्यामा बाराको सिमरा विमानस्थलमा पुगेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका साथै जसपाका नेता कार्यकर्ताले विमानस्थलमै स्वागत गरेका थिए।

त्यसपछि विमानस्थलबाट सवारीसाधनको लावालस्करका साथ रयाली सहित वीरगन्ज आइ पुगेका मन्त्री यादवलाइ ठाँउ ठाँउमा नेता कार्यकर्ता र शुभचिन्तकहरुले फुलमाला र खादा ओढाएर स्वागत गरे ।नेता कार्यकर्ता र शुभचिन्तकसंगै मन्त्री यादवले घण्टाघर स्थित उद्यान परिसरमा निर्मित मधेसी शहिदहरुको शालीकमा फुलमाला चढाएर श्रद्धान्जली अर्पण पनि गरे ।

त्यसपछि स्वागतमा जसपा पर्साले नगरसभागृहमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री यादवलाइ मेयर सिंह , जसपा अध्यक्ष रामनरेश प्रसाद यादव सहितका नेता र जनप्रतिनिधीहरुले स्वागत गर्दै बधाइ तथा सम्मानीत गरेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य यादव , पछिल्लो पटक मन्त्रिपरिषद विस्तार हुँदा गत सोमबार जसपाको तर्फबाट वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन् ।

Related posts

वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

MadhesKhabar

सोनार हत्या प्रकरणका मुख्य आरोपी भारतीय नागरिक पक्राउ, अर्का एक युवक अझै फरार

MadhesKhabar

पर्साका पालिकाहरुबाट सुचना पाउन सकस रहेको सरोकारवालाहरुको गुनासो

MadhesKhabar

Leave a Comment