Madhes Khabar
राजनीति

रवि पक्राउको विरोधमा वीरगन्जमा पनि प्रदर्शन, निकालियो सरकारको शव यात्रा

वीरगन्ज,०३कार्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगन्जमा पनि शनिबार प्रदर्शन गरिएको छ ।रास्वपाका नेताकार्यकर्ताहरुले वीरगन्जमा प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार बेलुकी काठमाडौबाट पक्राउ गरेर शुक्रबारराति नै पोखरा पुरयाएको छ । लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

श्निबार दिउँसो वीरगन्जको क्लासिक बैंक्वेटमा भेला भई रास्वापका नेताकार्यकर्ताहरुले त्यहाँबाट नाराबाजी गर्दै जुलुश निकालेर नगर परिक्रममा गरेका हुन् ।जुलुशमा सहभागीहरुले सरकारको विरोध र लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए । त्यस्तै रास्वापका कार्यकर्ताले नेपाल सरकार मर्यो भन्दै सरकारको शव यात्रापनि निकालेका थिए । एक समुहले नाराबाजीसहित जुलुश प्रदर्शन गरिरहेका बेला अर्को समुहले मिनाबजार क्षेत्रबाट प्रतिकात्मक रुपमा सरकारको शव यात्रा निकालेर घण्टाघर चोकमा पुगेको जुलुशमा पुगेर मिसिएको थियो । त्यसक्रममा प्रहरीले हस्तक्षेपपनि गरेको थियो ।

जुलुश र शव यात्रापछि घण्टाघर चोकमा आयोजित कोणसभामा बोल्दै रास्वपाका जिल्ला अध्यक्ष हरि पन्तले सरकारले राजनीतिक प्रतिशोध साँध्नकै लागि पार्टी सभापति लामछिानेलाई पक्राउ गरेको बताए । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित संसदीय छानबिन समितिले समेत निर्दोष साबित गरिसक्दापनि रास्वपा र लाममिछानेलाई सिध्याउँने नियतमा लागेर राज्यका सबै शक्तिहरु लागेको उनले बताए ।लामिछानेलाई पक्राउ गर्नुले नेपालको राजनीतिमा नयाँ शक्तिहरुको आगमनले कांग्रेस–एमाले जस्ता पूराना दल र तीनका मठाधिशरु अत्तालिएको पुष्टि भएको जिकिर उनले गरे ।

पार्टी सभापति लामिछानेलाई सरकारले झुठा मुद्धामा फसाउनका लागि पक्राउ गरेपनि देशभरका रास्वपाका कार्यकर्ता अअलिकतिपनि विचलित नभएको भन्दै उनले सरकारको यो कदमको प्रतिवाद गरिने चेतावनीसमेत उनले दिए ।

कोणसभामा बोल्दै रास्वपाका केन्द्रिय सदस्य नन्दन यादवलेपनि सरकारले राजनीतिक प्रतिशोध राखेर पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको बताए । कांग्रेस–एमालेको अहिलेको सरकारले रास्वपा र पार्टी सभापति लामिछानेलाई बदनाम गर्ने षडयन्त्र रचेर पक्राउ गरेको आरोप उनले लगाए ।तर नेपाली जनताको प्रियपात्र नेताका रुपमा स्थापित हुदैं गएका लामिछानेलाई सहकारी प्रकरणमा न्यायलयले निर्दोष साबित गर्ने विश्वास आँफुहरुले गरेको यादवले बताए ।

जिल्ला अध्यक्ष पन्तकै अध्यक्षतामा भएको जुलुश र कोणसभामा रास्वपाका जिल्लाका पूर्वसंयोजक दिलिप कुर्मी क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र , फैयाज मिया,पालिका सभापतिहरु माधव बस्नेत,चन्दन गुप्ता,प्रमाेद माझी,जिल्ला कार्यसमितिका पदाधिकारी,सदस्य,क्षेत्रीय अध्यक्ष, प्रदेश समिति सदस्य, संगठन विभागका उपप्रमुख लगायतको सहभागीता रहेको रास्वपाका युवा नेता महादेव प्रसाद कुर्मीले जानकारी दिए ।

 

Related posts

जेन्जी पुस्ताको आवाज : रजनी थापा,स्थानीय नेतृत्वदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको यात्रामा

MadhesKhabar

संसदीय व्यवस्था फालेर अब राजासहितको रामराज्य व्यवस्था लागु गर्नुपर्छ : अध्यक्ष थापा

MadhesKhabar

विदेशी युवतीलाई गर्भवती बनाएर छाडेको आरोप लागेका रास्वपा सांसदलाई पक्राउ गर्न जेनजीको माग

MadhesKhabar

Leave a Comment