Madhes Khabar
राजनीति

रवि र मोदीको फोटो सेयर गर्दै सीके राउतले भने: बालेनको विकल्प खडा गर्ने षडयन्त्र बुनिंदैछ

काठमाडौं,२०जेठ: जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर मधेसीलाई सफाया गर्ने र तह लगाउने रणनीति नहोस् भन्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत राउतले प्रधानमन्त्रीमा बालेनको विकल्प खडा गर्ने काम भइरहेको टिप्पणी गरेका हुन् । बालेनको नाम नलिई उनले उसको दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिएको उनको आरोप छ ।

‘रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण मधेसीलाई झन् अर्को सफाया गर्ने र तह लगाउने रणनीतिको रूपमा नहोस् । चाहे जसको भरमा होस्, जुनसुकै पार्टीबाट होस्, एउटा मधेशी प्रथम पटक नेपालको प्रधानमन्त्री बनेको छ,’ उनले रवि र मोदीको फोटो सेयर गर्दै भनेका छन्, ‘तर बडो ऐतिहासिक तामझामको मञ्चन गरेर उसको विकल्प खडा गर्ने र अरू मधेशीलाई झैं उसलाई पनि दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिँदैछ।’

उनले मधेसका कुनै पनि नेतालाई स्थापित हुन नदिइएको भन्दै थपेका छन्, ‘तराई कांग्रेसदेखि जसपा र जनमतसम्म, चाहे पार्टी फोडेर होस्, बदनाम गराएर होस्, देशद्रोहीको बिल्ला भिडाएर होस्, पक्राउ र इन्काउन्टर गराएर होस्, शून्यमा झारेर होस्, कुनै पनि मधेशी नेतालाई आजसम्म स्थापित हुन दिइएन।’

उनले अहिले निशानामा प्रधानमन्त्री बालेन रहेको पनि दाबी गरेका छन् ।साभार:अनलाइनखबर

Related posts

पर्सा–१ मा जसपा नेपालका उम्मेदवार यादवको जमानत जफत, पूर्वमुख्यमन्त्री गदीको साथपनि काम लागेन

MadhesKhabar

रास्वपाले मधेसलाई बुझ्ने काेशीस गरिरहेकाे छ : उपसभापति अर्याल

MadhesKhabar

सीके राउत भन्छन् : दुई करोड ठगेर भागेकाहरुलाई बाराका जनताले कारबाही गरे

MadhesKhabar

Leave a Comment