Madhes Khabar
राजनीति

सीके राउत भन्छन् : दुई करोड ठगेर भागेकाहरुलाई बाराका जनताले कारबाही गरे

काठमाडौं,२९असारःजनमत पार्टीका अध्यक्ष डा.सीके राउतले पार्टीको एक करोड ९० लाख रुपैयाँ लिएर भागेका दुई जनालाई जनताले कारबाही गरेका दाबी गरेका छन् ।

पार्टीको कारबाहीमा परेका उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई बाराको क्षेत्र नम्बर २ मा पार्टीकै कार्यकर्ताले मोसो फ्याँकेको समाचार बाहिरिएपछि अध्यक्ष राउतले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘जनमत पार्टीको एक करोड ९० लाख हाकाहाकी लिएर भागेका दुई जना फरार ठगहरूलाई जनताले कारबाही गरेका छन् । ११ जना माननीयहरूबाट ठगेको, बैंक भाउचर प्रमाणसहित अदालतमा पेस गरेको, पार्टीको झण्डै २ करोड रुपैयाँ ठगेर भागेका अभियुक्तहरूलाई बाराका जनताले कारबाही गरेका हुन् ।’

पार्टीका सांसद तथा कार्यकर्ताले दिएको रकमबाट पार्टीका लागि खरिद गरिएको घर कोषाध्यक्ष यादवले आफ्नो श्रीमतीको नाममा राखेको अध्यक्ष राउतले आरोप लगाउँदै आएका छन् । उक्त घर पार्टीको नाममा सार्न भन्दा नमानेको र उक्त रकम बेइमानी गर्न लागेको भन्दै जनमतले प्रहरीमा दिएको उजुरीका आधारमा कोषाध्यक्ष यादव पक्राउ परेका थिए । यद्यपि हाल उनी धरौटीमा रिहा भएका छन् ।

रिहा भएका यादव र उपाध्यक्ष साह जनसंवाद यात्राका लागि आइतबार बाराको दहियारमा आएका वेला पार्टीकै कार्यकर्ताले उनीमाथि कालोमोसाो छ्यापेका थिए ।साभारः रातोपाटी

 

Related posts

गणेशमान सिंहको स्मृति दिवसमा कांग्रेसद्वारा वीरगन्जमा “प्रवचन” कार्यक्रम

MadhesKhabar

सरावगी भन्छन् – बाहुबली र गुण्डागर्दी गर्नेहरुसंग सचेत रहनु होला

MadhesKhabar

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

MadhesKhabar

Leave a Comment