Madhes Khabar
राजनीति

पत्रकार महासंघको मधेस प्रदेश अध्यक्षमा पर्साका बन्जाराले दिए उम्मेदवारी

वीरगन्ज,२४मंसिरःनेपाल पत्रकार महासंघको मधेस प्रदेश अध्यक्ष पदका लागि प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेदवारका रुपमा श्याम बन्जाराले उम्मेदवारी दिएका छन् ।मंसिर २८ गते हुने निर्वाचनका लागि जनकपुरस्थित निर्वाचन कार्यालयमा सोमबार बन्जाराले आफ्ना समर्थकहरूको साथमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

बन्जारा, हाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव हुन् ।यसअघि पर्सा शाखाको अध्यक्षको जिम्मेवारी सम्हालीसकेका बन्जारा हाल जनभण्डाफोर दैनिक र च्वाइस खबर अनलाइन डटमका अध्यक्ष तथा प्रबन्ध निर्देशक तथा माई टेलिभिजनका प्रधान सम्पादकपनि हुन् ।

यस्तै पत्रकार महासंघ मधेस प्रदेशको अध्यक्षमा प्रेस सेन्टर,समाजवादी प्रेस संगठन र प्रेस मञ्चका साझा उम्मेदवारका रुपमा प्रेस मञ्चका अवधेश झालेपनि उम्मेदवारी दिएका छन् भने अध्यक्षमै नवलकिशोर यादवलेपनि उम्मेदवारी दिएका छन् । यादवले प्रेस युनियनबाट विद्रोह गरेर अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

पत्रकार महासंघ मधेस प्रदेशको उपाध्यक्ष पदमा प्रेस चौतारी र प्रेस युनियनबाट प्रेस युनियनका उपेन्द्र यादव, प्रेस सेन्टर,समाजवादी प्रेस संगठन र प्रेस मञ्चका तर्फबाट अम्बिका दाहालले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमै बाराका जयनारायण प्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । झण्डै दुई दशकदेखि उज्यालो नाइन्टी नेटवर्क लगायतका सञ्चार संस्थामा बाराबाट कार्यरत यादवले प्रेस युनियनबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यसैगरी महिला उपाध्यक्षमा ज्योति झा, हेम कुमारी बराल र रिंकु कुमारी दास, महासचिव पदमा शैलेन्द्र महत्तो क्रान्त र राजन कुमार सिंहको उम्मेदवारी परेको छ ।

यस्तै सचिव पदमा रामहृदय यादव, सत्यप्रकाश यादव,गिरिराज ओली, दीपक गौतम,नविन कुमार नवलले उम्मेदवारी दर्ता गराएका छन् भने सचिव(समावेशी) दीपक मिश्र, जयन्त ठाकुर , हरिश खुद्धार र राकेश गुप्ताले उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष पदमा अनिल गौरब,अकुल प्रसाद साह र शविकुमार साहले उम्मेदवारी दिएका छन् ।

Related posts

प्रदीप गिरिको स्मृतिमा काठमाडौंदेखि काशीसम्म यात्रा गरिने

MadhesKhabar

एमाले बाराकाे अध्यक्षमा पाण्डे निर्वाचित

MadhesKhabar

पर्साकी उषादेवी थरुनी एमालेबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार

MadhesKhabar

Leave a Comment