वीरगन्ज,२३मंसिरःनवलपुर २ बाट संघीय सांसदमा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेपाली कांग्रेसले युवा नेता शंकर तिवारी सहित तीन जनाको नाम सिफारिस गरेको छ।
कांग्रेसको नीति प्रशिक्षण प्रतिष्ठानको सदस्य रहिसकेका र पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा समितिमा महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासँग काम गरिसकेका तिवारी कांग्रेस पङ्क्तिमाझ निर्भिक र खरो वक्ताका रूपमा चिनिन्छन्।
२०७९ को निर्वाचनमा पनि उनको नाम प्रत्यक्षतर्फ सिफारिस भएको थियो। राजनीतिक विश्लेषकको रूपमा समेत चर्चित रहेका शंकर तिवारीका कसले सुधार्छ कांग्रेस?,नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरू लगायत झण्डै एक दर्जन हाराहारी पुस्तक प्रकाशित छन्।

