काठमाडौं,१ चैत : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अबको १० दिन पछाडि मात्रै नयाँ सरकार गठन हुने बताएका छन्।
आइतबार रास्वपाको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै झाले संवैधानिक प्रक्रियाहरू सम्पन्न गर्न समय लाग्ने भन्दै अबको १० दिनमा नयाँ सरकार गठन हुने बताए ।
उनले नयाँ सरकारको प्रधानमन्त्री बालेन्द्र शाह हुने कुरामा कुनै दुईमत नभएको बताउँदै अन्य विषयमा भने छलफल आन्तरिक रुपमा मात्रै भइरहेको बताए ।
झाले विधान संशोधन गरेर बालेन्द्रलाई संसदीय दलको नेता बनाउनुपर्ने कुरा स्वीकार गर्दै समानुपातिकको बन्दसूची बुझाइसकेपछि प्रक्रियाहरू अगाडि बढ्ने उल्लेख गरे ।
झाले यो या त्यो व्यक्तिलाई मन्त्री बनाउने भन्ने विषयमा गम्भीर छलफल नभएको उल्लेख गर्दै बन्दसूचीको नामावली बुझाइसके पछाडि यी छलफलहरू औपचारिक रूपमा पार्टीमा आउने बताए ।

