Madhes Khabar
राजनीति

पर्साको बहुदरमाईमा एमालेको भेलामा उम्मेदवार पाण्डेले भने : राष्ट्रियताको रक्षा एमालेले मात्रै गर्छ

वीरगन्ज, १८ माघ :पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पर्ने बहुदरमाई नगरपालिकामा आइतबार नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ।

एमालेका नगर कमिटी अध्यक्ष अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षता तथा केन्द्रीय कमिटी सदस्य प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा पर्सा–३ का उम्मेदवार रुपेश पाण्डे, एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, मधेस प्रदेश कमिटी सदस्य तथा बहुदरमाई नगरपालिकाकी उपमेयर सुष्मा कुशवाहा लगायतकाको उपस्थिति रहेको थियो।

भेलामा बोल्ने नेताहरूले पार्टीको नीति, सिद्धान्त र राष्ट्रवादी अडानलाई घर–घरमा पु¥याउँदै एकताबद्ध रूपमा उम्मेदवारलाई विजयी गराउन कार्यकर्ताहरूलाई आह्वान गरे। मधेसमा एमालेविरुद्ध फैलाइएका भ्रमहरू चिर्दै विकास, सुशासन र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिनु पर्नेमा उनीहरूले जोड दिएका थिए।

भेलामा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का एमाले उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रको समग्र विकासका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्दे कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पर्सा–३ लाई समृद्ध बनाउने प्रतिबद्धता दोहो¥याए।

“राष्ट्र, राष्ट्रियता र जनताको भविष्य सुरक्षित गर्ने एकमात्र दल नेकपा एमाले हो,” पाण्डेले भने, “देश र जनताको हितका लागि आज एमालेमा मतदान गर्नु अपरिहार्य आवश्यकता हो।”

Related posts

पर्साको भेडियारीमा आयोजित कार्यक्रममा तीन सय जना जसपामा प्रवेश

MadhesKhabar

पर्सामा कांग्रेसलाई जिताउन सामाजिक सञ्जाल समन्वय उपसमितिको संयोजकमा गुप्ता मनोनित

MadhesKhabar

राजा फर्काउने अभियानमा कमल थापा र राजेन्द्र लिङ्देन एकजुट

MadhesKhabar

Leave a Comment