Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

आज ‘इदुलफित्र’ पर्व हर्षाेल्लासका साथ मनाइदैं

वीरगन्ज ,९बैशाख : ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै छ । यो पर्वका लागि मुस्लिम धर्मावलम्बीले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ ।

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुस्लिम धर्मावलम्बीहरु दिनमा निराहार बस्छन् । बिहानको समय ३:२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालुहरु साँझ सूर्यास्त भएपछि ‘ईफ्तार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौं महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भन्ने जनविश्वास छ। यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

दान दिनु ,गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु रमजान महिनाको ठूलो विशेषता हो । रमजानामा ब्रत बस्नेले ईदकाे अघिल्लाे दिन साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा देखिएपछि अत्यधिक खुशी हुने र एकआपसमा इदको शुभकामना सटासाट गर्ने प्रचलन रहँदै आएको छ ।

रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने विश्वास छ। इदुलफित्र मनाउनका लागि आज मुस्लिम धर्मावलम्बीले ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।

यता वीरगन्जमा पनि मुस्लिम धर्मावलम्बीले पनि आज निक्कै हर्षाेल्लाशका साथ ईदुलफित्र पर्व मनाउँदै छन् । छपकैया, इनर्वा, मुर्ली, श्रीपुर , बहुअरी लगायत मुस्लिमहरुकाे बाहुल्यता रहेकाे टाेलहरुमा आज ईदुल फित्रकाे अवसरमा राैनक देखिएकाे छ।

Related posts

वीरगन्जमा तनाव साम्य नहुदाँ कर्फ्यू लम्ब्याइयो, पछिल्ला वर्षमा सीमावर्ती क्षेत्रमा ‘बढ्दै’ यस्ता घटना

MadhesKhabar

राष्ट्र बैंकले ल्याएको चालू पूँजी कर्जा मार्गदर्शन प्रति वीरगन्जको नीजी क्षेत्र असन्तुष्ट

MadhesKhabar

मधेसका किसानलाई निःशुल्क सिँचाइ मिटर उपलब्ध गराउने प्रदेश सरकारको तयारी

MadhesKhabar

Leave a Comment