Madhes Khabar
धर्म/संस्कृति

हिन्दू युवाको हत्याविरुद्ध हिन्दुवादी संस्थाद्वारा काठमाडौमा बंगलादेशी दूतावास घेराउ र प्रदर्शन

काठमाडौं,७ पुसः बंगलादेशमा एक हिन्दुको क्रुरतापूर्वक हत्या गरिएको विरोधमा काठमाडौंस्थित बंगलादेशको राजदूतावास घेराउ गर्दै प्रदर्शनपनि गरिएको छ ।

बंगलादेशमा हिन्दु युवा दिपुचन्द्र दासको हत्या गरिएको विरोधमा हिन्दुवादी संस्था राष्ट्रिय एकता अभियानले सोमबार काठमाडौँस्थित बंगलादेशी दूतावास घेराउ गर्दै विरोध प्रदर्शन गरेको हो।प्रदर्शनमा सहभागीहरुले “अल्पसंख्यकको सुरक्षा ग्यारेन्टी गर”, “मानवअधिकारको सुरक्षा गर”, “हिन्दूको हत्या बन्द गर” जस्ता नारा लगाउँदै बंगलादेश सरकारको कडा आलोचनापनि गरे। साथै उनिहरुले “मोहम्मद युनुस सरकार मुर्दावाद”, “बंगलादेश मुर्दावाद”, “बंगलादेश दूतावास खारेज गर” जस्ता नारासमेत लगाएका थिए।

प्रदर्शनलाई सम्बोधन गर्दै समाजसेवी माधव सिंहले बंगलादेशमा हिन्दू तथा अन्य अल्पसंख्यकमाथि बढ्दो हिंसा गम्भीर मानवअधिकार उल्लंघन भएको बताए। उनले भने, “धर्म र पहिचानका आधारमा निर्दोष नागरिकको हत्या हुनु सभ्य समाजका लागि लज्जास्पद कुरा हो। अन्तर्राष्ट्रिय समुदायले अब मौन बस्न मिल्दैन।”

त्यसैगरी, राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बंगलादेश सरकार अल्पसंख्यकको सुरक्षामा पूर्ण रूपमा असफल भएको आरोप लगाए। उनले भने, “हिन्दू समुदायमाथि लक्षित हिंसा राज्यकै कमजोरी र संरक्षणबिना सम्भव हुँदैन। यदि तत्काल अल्पसंख्यकको सुरक्षा सुनिश्चित गरिएन भने अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गरिनुपर्छ।” यादवले नेपाल सरकारलाई पनि कूटनीतिक माध्यमबाट बंगलादेश सरकारसमक्ष कडा आपत्ति जनाउन आग्रह गरे।

 

Related posts

वीरगन्जकाे गहवामाई मन्दिरमा शनिबार २ हजार १ सय वटा दीप प्रज्वलन गरिने

MadhesKhabar

हरियो  पहिरन र श्रृंगारमा सजिएर महिलाहरुले मनाए ‘साउन महोत्सव’

MadhesKhabar

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

MadhesKhabar

Leave a Comment