Madhes Khabar
राजनीति

बारा–३ को सिसहनिया र ढोरियामा रास्वपा उम्मेदवार साहको घरदैलो, युवालाई रोजगारी मुख्य एजेण्डा

बारा, २७ माघःबाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका उम्मेदवार ई. अरविन्द साहले मंगलबार कलैया उपमहानगरपालिका वडा नम्बर २५ अन्तर्गत सिसहनिया र ढोरिया टोलमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् ।

घरदैलोका क्रममा उनले स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताए । विशेषगरी युवापुस्ताले अवसर नपाएको , वैदेशिक रोजगारीको बाध्यता तथा सीपमूलक तालिमको आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

यसअघि विभिन्न स्थानमा जेनजी युवासँग गरिएको छलफलको सन्दर्भ उल्लेख गर्दै साहले युवाको आवाज नीतिगत तहसम्म पु¥याउने र उद्यमशीलता प्रवद्र्धनमा जोड दिने बताए् ।

 

Related posts

२५ वटा काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी छ : गृहमन्त्री लामिछाने

MadhesKhabar

जसपा नेता बाबुराम भन्छन् : उपेन्द्र यादवले गरेको कारबाहीको निर्णय हामी मान्दैनौ

MadhesKhabar

चुनाव घोषणा लगत्तै जसपाका दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment