Madhes Khabar
राजनीति

जसपा नेता बाबुराम भन्छन् : उपेन्द्र यादवले गरेको कारबाहीको निर्णय हामी मान्दैनौ

मधेसखबर
वीरगन्ज,३१असार : जनता समाजवादी पार्टी (जसपा) का नेता डाक्टर बाबुराम भट्टराइले कार्यकारीणी अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगन्जमा सम्पन्न बैठकले गरेका निर्णय नमान्ने बताएका छन् ।

शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै डाक्टर भट्टराइले अध्यक्ष यादवले वीरगन्जमा गरेको केन्द्रिय समिति बैठक अवैधानिक , अराजनीतिक र अनैतिक भएकाले उक्त बैठकले गरेका निर्णयहरु नमान्ने बताएका छन् ।

यादवको अध्यक्षतामा बसेको बैठकले पार्टीलाइ एकताबद्ध बनाउन पहल नगरेर स्वच्छेचारी शैलीमा अवैधानिक , अराजक र अनैतिक रुपमा आफुलाइ संघीय परिषदको अध्यक्ष र अन्य ८ जना केन्द्रिय कार्यकारीणी सदस्यलाइ पदबाट मुक्त गर्ने कारबाहीको निर्णय भत्र्सना गर्दै उक्त कारबाहीको निर्याय खारेज गरिएको डाक्टर भटटराइले बताएका छन् ।यो परिस्थितीमा आफुहरुको सामु अब पार्टी पुर्नगठनको विकल्प नरहेको पनि डाक्टर भट्टराइले बताएका छन् ।

वीरगन्जमा असार २९ र ३० गते बसेको अध्यक्ष यादव पक्षको बैठकले पार्टी फुटाउने गतिविधी गरेको ठहर गर्दै संघीय परिषद अध्यक्ष भट्टराइ सहित उनको पक्षमा लागेका ८ जना केन्द्रिय कार्यकारीणी सदस्यबाट पदमुक्त गरि संघीय परिषद अध्यक्षमा वरिष्ठ नेता अशोक राइलाइ चयन गर्ने निर्णय गरेको थियो ।

Related posts

आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई जनमत पार्टीको निर्देशन

MadhesKhabar

कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न बिजुलीकाे `बल्ब´

MadhesKhabar

शेयर बजारमा भइरहेको आर्थिक अपराधमा मन्त्रीसमेत संलग्न छन् : प्रदीप यादव

MadhesKhabar

Leave a Comment