Madhes Khabar
मधेस प्रदेश राजनीति

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित


मधेशखबर
असाढ २६ , २०७९ ,वीरगंज आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत रुपले पारित भएको छ ।

आइतवार बसेको प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९ तथा कर तथा गैर कर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपले पारित भएपछि बजेट पनि पारित भएको हो ।

यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो ।
गत असार १ मा मधेस प्रदेशका अर्थमन्त्री साहले आव २०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

बजेट पारित भएपछि मधेश प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

Related posts

सरकारले ल्याएकाे बजेट मधेसप्रति पूर्वाग्रही छ : उपेन्द्र यादव

MadhesKhabar

पर्सामा दुई युवाको अध्यक्षतामा जसपाको क्षेत्रीय समितिहरु गठन

MadhesKhabar

बाराको जीतपुरसिमरा उपमहानगरमा आजपाको ७५ सदस्यीय समिति गठन

MadhesKhabar

Leave a Comment