Madhes Khabar
मधेस प्रदेश राजनीति

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित


मधेशखबर
असाढ २६ , २०७९ ,वीरगंज आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत रुपले पारित भएको छ ।

आइतवार बसेको प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९ तथा कर तथा गैर कर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपले पारित भएपछि बजेट पनि पारित भएको हो ।

यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो ।
गत असार १ मा मधेस प्रदेशका अर्थमन्त्री साहले आव २०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

बजेट पारित भएपछि मधेश प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

Related posts

मुख्यमन्त्री माग्ने हैसियत जनमत पार्टीसंग छैन : काँग्रेस सांसद रिजाल

MadhesKhabar

मधेसीलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर

MadhesKhabar

प्रदेश प्रमुखलाई दबाब दिएको स्वीकार्दै यादवले भने : कांग्रेसलाई नेतृत्व दिने हो भने राजीनामा दिन तयार छु

MadhesKhabar

Leave a Comment