Madhes Khabar
राजनीति

दोस्रो पुस्ताका नेतामध्ये सबैभन्दा लोकप्रिय नेता कांग्रेस महामन्त्री गगन थापा

काठमाडौं,२३माघः तीनै प्रमुख दलका दोस्रो पुस्ताका नेतामध्ये नेपाली कांग्रेसका महामन्त्री गगन थापा सबैभन्दा लोकप्रिय नेता देखिएका छन् ।शिलापत्र डटकमले गरेको सर्वेक्षणमा यो प्रश्नमा एकभन्दा धेरै चार जनासम्मलाई छान्न पाउने बहुविकल्पको सुविधा दिइएको थियो ।

उत्तरदाताले हरेक पार्टीका दोस्रो पुस्ताका कम्तीमा एक नेता छान्न सकून् भन्ने उद्देश्य थियो । सबैभन्दा धेरै ४९ प्रतिशत उत्तरदाताले कांग्रेस महामन्त्री थापालाई मत दिएका छन् । गगनपछि कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्मा लोकप्रिय देखिएका छन् । उनको पक्षमा ३१.७ प्रतिशत उत्तरदाताले मत जाहेर गरेका छन् ।

कांग्रेसका महामन्त्रीद्वय गगन–विश्वप्रकाशपछि एमालेका सचिव योगेश भट्टराई र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री समान १७.५ प्रतिशत मतसहित आसलाग्दा नेताको सूचीमा परेका छन् । लोकप्रियताको पाँचौँ नम्बरमा छन्, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल छन् । उनले १४ दशमलव ९ प्रतिशत मत पाएका छन् भने उनीपछि एमाले महासचिव शंकर पोखरेलको पक्षमा १३ दशमलव ५ प्रतिशत उत्तरदाताले मत जाहेर गरेका छन् ।

त्यसपछि आशालाग्दा नेतामा क्रमशः राप्रपा महामन्त्री धवलशमशेर राणा, जसपा नेता मनिस सुमन, माओवादी उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुन, एमाले सचिव छविलाल विश्वकर्मा र कांग्रेसका मीन विश्वकर्मा परेका छन् ।
कतिपय उत्तरदाताले दोस्रो पुस्ताका भनेर प्रस्तावित गरिएका भन्दा अन्य नेतामा सम्भावना देखेका छन् । अन्यअन्तर्गत नाम आएका नेताहरूमा एमालेका गोकर्ण विष्ट र महेश बर्तौला, कांग्रेसका चन्द्र चण्डारी, राप्रपाका ज्ञानेन्द्र शाही र रास्वपाका रवि लामिछाने छन् ।साभारः शिलापत्रबाट

Related posts

मधेसका जनता तड्पीरहेका छन् ,मधेस सरकार कहाँ छ ? : लोसपा अध्यक्ष सोनल

MadhesKhabar

मधेस सरकार जोगाउन महन्थ ठाकुरको शरणमा पुगे उपेन्द्र यादव

MadhesKhabar

स्ववियु परिषद नेपालको केन्द्रिय सभापतिमा ठाकुररामका स्ववियु सभापति राज यादव चयन

MadhesKhabar

Leave a Comment