Madhes Khabar
राजनीति

अब मधेसमा विकासको लहर आउँछ : प्रधानमन्त्री ओली

जनकपुरधाम,१८जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले अब रकेटको चालमा देशमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मधेसको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट प्रदेशका आठवटै जिल्लामा सञ्चालित एक निर्वाचन क्षेत्र एक सडक (दोस्रो चरण)’ को योजनाअन्तर्गत ६४ वटै निर्वाचन क्षेत्रको ३२० किलोमिटर सडकको डिजिटल रूपमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अब मधेसमा विकासको लहर आउने दाबी गरे।

’मैले आज शिलान्यास गरेको सडक निर्माणको कार्य सबैको प्रयासबाट गुणस्तरीय ढंगले सफल भई प्रदेशको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भने, ’यो प्रदेश जागरुक प्रदेश हो। इतिहास बोकेको प्रदेश हो। राम जानकी पर्शुरामको भूमि हो। यो प्रदेश देवी–देवताको भूमि हो, यहाँ प्रसिद्ध तीर्थस्थलहरू छन्। तसर्थ, केही समय विभिन्न ऐतिहासिक कारणहरुले यस भूमिको र यहाँका जनताको विकास हुन सकेन। तर, अब बेला आएको छ, यस प्रदेशको विकास अत्यन्त तीव्र गतिमा अगाडि बढ्ने छ।’

प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन पहिलो सर्त रहेको बताए। उनले अरुको मुख ताक्नुभन्दा आफैंबाट सुशासन कायम गर्नुपर्ने बताए। ’यो ज्ञानको केन्द्र हो। यहाँ अनेक कवि, साहित्यकार, विद्वान र अनेक चिन्तक यस भूमिमा जन्मिए। प्राचीन र प्राज्ञिक भूमि हो। यस महान् भूमिले पछ्यौटे हुने वास्तविक कारण थिएन। तर, कृत्रिम कारणले हामी पछाडि प¥यौं। अब पछाडि पर्ने जमाना बित्यो। अब हामी अगाडि बढ्नेछौं, प्रधानमन्त्री ओलीले भने।

उनले मधेसमा केही समययता विकासका कामहरू प्रशस्तै भएको बताए। ’१० हजारभन्दा बढी आवास कार्यक्रमले गरिब निमुखा जनतालाई घर दिइएको छ। आकस्मिकरूपमा आएका समस्यालाई पनि हामीले सम्बोधन गरेका छौं। बाटो चौडा हुँदै छ। जनकपुरमा रेल आएको छ। त्यसलाई विस्तार गर्नुपर्छ। रेलको बाटो बर्दिबाससम्म पु¥याउने हाम्रो योजना छँदैछ। जनकपुरमा रेलको संख्या थप्नु छ। हाम्रो रेल घाटामा किन जान्छ भने हामी आफ्ना मान्छेलाई तालिम दिदैंनौं। हामी तालिमको व्यवस्था तुरुन्तैबाट गर्दैछौं,’ उनले भने। साभारः अन्नपूर्णपोष्ट

 

Related posts

सरकार फेरबदल होस् भनेर कांग्रेसलेपनि चाहेको छैन : माओवादी उपाध्यक्ष सापकोटा

MadhesKhabar

ठाकुरराम क्याम्पसमा नेविसंघको सदस्यता वितरण

MadhesKhabar

मतदातासंग रिजालको आग्रह : दलबदलु र अपराधी होइन सही नेता चुन्नु होला

MadhesKhabar

Leave a Comment