Madhes Khabar
राजनीति

मतदातासंग रिजालको आग्रह : दलबदलु र अपराधी होइन सही नेता चुन्नु होला

मधेसखबर
वीरगन्ज,१६ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ का नेपाली काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजालले बुधबार बिहान छिपहरमाइ गाँउपालिका वडा नम्बर १ भलुवाही र वडा नम्बर ४ तुलसीबर्वामा चुनावी घरदैलो गरेका छन् ।

लोकतान्त्रिक–बाम गठबन्धनका पनि साझा उम्मेदवार रहेका रिजालले घरदैलो कार्यक्रममा मतदातालाई भेट्दै मधेस र देशको समृद्धिका लागि सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

मधेस विरोधी एमाले र अहिले स्वार्थका लागि उसंग अपबित्र गठबन्धन गरेको जसपा दुवैको चरित्र उदाङगीएकाले जनता उनिहरुबाट सचेत रहनु पर्ने रिजालले बताए । पर्सा ४ मा अहिले एमालेबाट उम्मेदवार बनेका व्याक्तिको पृष्ठभूमी बारे सबै जानकार नै रहेको भन्दै रिजालले मतदातालाई आग्रह गर्दै भने ,‘ सही नेता चुन्नु होला , दलबदलु र अपराधमा मुछिएकाहरुबाट सतर्क रहनु होला ।

दुइ दुइ पटक संविधान नै मिचेर संसद बिघटन गर्ने एमालेले जिते लोकतन्त्र नै फेरि धरापमा पर्ने खतरा रहेको भन्दै रिजालले काँग्रेसले जिते लोकतन्त्र र संविधान माथि कुनै पनि शक्तिले धावा बोल्न नसक्ने बताए ।घरदैलो कार्यक्रममा गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँद ताराका साथै काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

Related posts

पर्सा २ का राप्रपा उम्मेदवार साह भन्छन् : भ्रष्टचारीहरुलाई ठेगान लगाउन राप्रपा जित्नु पर्छ

MadhesKhabar

पर्सा–४ मा उम्मेदवार रिजालको समर्थनमा नेपाली काङ्ग्रेसका युवाहरुको बैठक सम्पन्न

MadhesKhabar

स्ववियुमा पहिलो भएको भन्दै नेविसंघलाई कांग्रेसले दियो बधाई

MadhesKhabar

Leave a Comment