वीरगन्ज,फागुन १७: पर्साको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीमा नेपाली काङ्ग्रेसका युवाहरुको बैठक सम्पन्न भएको छ। बैठक क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालको समर्थनमा आयोजना गरिएको हो।
उक्त बैठक ‘रमेश रिजाल विजय अभियान’ अन्तर्गत सम्पन्न भएको युवा नेता मञ्जय गिरीले जानकारी दिएका छन्। उनका अनुसार बैठकमा ठूलो संख्यामा युवाहरुको सहभागिता रहेको थियो र आगामी निर्वाचनमा उम्मेदवार रिजाललाई विजयी गराउन सक्रिय रुपमा परिचालन हुने प्रतिबद्धता व्यक्त गरिएको थियो।
बैठकका क्रममा उम्मेदवार रिजालले उपस्थित युवाहरुसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो प्रतिबद्धता र योजनाबारे धारणा राखेका थिए। उनले क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

