Madhes Khabar
समाचार

ठोरी नाकाबाट ठूलो परिमाणमा लागु औषध सहित एक युवक पक्राउ

मधेसखबर
वीरगन्ज ,२४ भदौं : पर्साको ठोरी नाका हुदै ठूलो परिमाणमा लागु औषध भित्रयाउदै गरेका एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठोरी गाँउपालिका वडा नम्बर २ का ३० बर्षिय रविन्द्र कुमार साह रहेका छन् । उनको साथबाट नेपाल प्रतिबन्धित लागु औषध कोडिवेल सिरप ४७४ बोत्तल बरामद गरिएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

प्रहरीका अनुसार , भारतको भीखनाठोरीबाट बिहीबार मध्यरातमा लागु औषध बोरामा राखेर पैदल ठोरी नाका हुदै सुन्दरवस्ती तर्फ आउदै गरेका साहलाइ प्रहरीले ठोरी २ सितागुफा नजिक रोकेर चेकजाँच गरेको थियो ।त्यसक्रमममा साहले बोकेको जुटको बोरा खानततलाशी गर्दा बोरो भित्र ४७४ बोत्तल लागु औषध कोडिवेल सिरप बरामद भएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।

लागु औषध सहित पक्राउ परेका साहलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको बस्नेतले जानकारी दिए ।

Related posts

पोखरीया नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

MadhesKhabar

बाढीले क्षतिग्रस्त संरचनाको काम फास्ट ट्रयाकमा अघि बढाउन मन्त्री यादवको निर्देशन

MadhesKhabar

सम्भावित जोखिमलाई मध्यनजर गर्दै काम गर्न मन्त्री यादवकाे निर्देशन

MadhesKhabar

Leave a Comment