Madhes Khabar
समाचार

ठोरी नाकाबाट ठूलो परिमाणमा लागु औषध सहित एक युवक पक्राउ

मधेसखबर
वीरगन्ज ,२४ भदौं : पर्साको ठोरी नाका हुदै ठूलो परिमाणमा लागु औषध भित्रयाउदै गरेका एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठोरी गाँउपालिका वडा नम्बर २ का ३० बर्षिय रविन्द्र कुमार साह रहेका छन् । उनको साथबाट नेपाल प्रतिबन्धित लागु औषध कोडिवेल सिरप ४७४ बोत्तल बरामद गरिएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

प्रहरीका अनुसार , भारतको भीखनाठोरीबाट बिहीबार मध्यरातमा लागु औषध बोरामा राखेर पैदल ठोरी नाका हुदै सुन्दरवस्ती तर्फ आउदै गरेका साहलाइ प्रहरीले ठोरी २ सितागुफा नजिक रोकेर चेकजाँच गरेको थियो ।त्यसक्रमममा साहले बोकेको जुटको बोरा खानततलाशी गर्दा बोरो भित्र ४७४ बोत्तल लागु औषध कोडिवेल सिरप बरामद भएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।

लागु औषध सहित पक्राउ परेका साहलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको बस्नेतले जानकारी दिए ।

Related posts

बारामा ३९ लाख बढीको मोबाइलका पार्टस् सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

एन प्याब्सनले आयाेजना गरेकाे हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ एकेडेमी प्रथम

MadhesKhabar

नेपाल मेडिकल कलेजकाे अध्यक्षमा प्रा.डा. अन्सारी चयन

MadhesKhabar

Leave a Comment