वीरगन्ज,२७ चैतः पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद हरि पन्तले आफ्नो क्षेत्रका जनताको गुनासो र समस्या सुन्नका लागि निजी सचिवालय कार्यालय सञ्चालनमा ल्याएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा सांसद पन्तले निजी कार्यालय सञ्चालनमा ल्याएका हुन् । उक्त कार्यालयको पन्त आँफैले बिहीबार उद्घाटन पनि गरेका छन् ।
चुनाव जितेर गएपछि सांसदहरु राजधानी तिरै बढी बस्ने र जनताबाट टाढा हुदै जाने प्रवृत्तिलाई चिर्न आँफुले आफ्नो क्षेत्रमै निजी सचिवालय कार्यालय सञ्चालनमा ल्याएको पन्तले बताए ।
सांसद पन्तले आँफु काम विशेषले वीरगन्ज रँहदा आफ्नो निर्वाचन क्षेत्रको जनतालाइ कुनैपनि किसिमको समस्या वा कठिनाई पर्दा सहयोगि भुमिकामा रहने गरि सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय सचिवालय टिम पनि बनाएको जानकारी दिए । उक्त टीमलाई केहिदिनमै पुर्णता दिएसंगै सबैको नाम र मोबाइल नम्बर पनि सार्वजनिक गरिने समेत उनले बताए ।
सांसद पन्तले अब जनताले प्रत्यक्ष रुपमै परिवर्तनको अनुभुती हुने गरि काम गर्न सबै सरकारी कार्यालयहरुमा निर्देशन दिइसकेको भन्दै कहि कतै विना कारण ढिला सुस्ति गरिए सचिवालयमा फोन गरेर जानकारी गराउन अनुरोध समेत गरे ।
उद्घघाटन कार्यक्रममा रास्वपा पर्साकी उपसभापति तुलसा पौडेल , सचिव सुदिश प्रजापति , कोषाध्यक्ष दिलिप कुर्मी , क्षेत्रीय सभापति राम आर्या , महानगर सभापति अमन आलम , सचिव गौतम श्रेष्ठ, नेताहरु युवराज पटेल , दीपेन्द्र मण्डल , राम बाबु सिंह , महबुब आलम,सगीर अन्सारी , विशाल कुमार , सुमित चौरसिया, राजु गुप्ता , दिनेश गुप्ता , राम लामा, कृष्ण पासवान लगायतकाकोपनि उपस्थिती थियो ।

