Madhes Khabar
राजनीति हेडलाइन

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले गरे मन्त्रीमण्डल विस्तार: ३ जना मन्त्री नियुक्त

वीरगन्ज,२१मंसिर:मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रीमण्डल विस्तार गरेका छन्।आइतबार पद तथा गाेपनियताकाे शपथ लिए लगत्तै मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका हुन्।

यादवले नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादी कनिश पटेललाई बिना विभागीय मन्त्री तथा जनमत पार्टीका महेश प्रसाद यादव अर्थमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त तीनै जना मन्त्रीले शपथ ग्रहणपनि गरेका छन् ।प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनिहरुलाई शपथ खुवाएका हुन् ।

 

बाँकी मन्त्रीहरुको टुंगो मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिएपछि हुने बताइएको छ । गत शुक्रबार यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

Related posts

पर्सा ४ मा रमेश रिजाललाई मतदाताले टिका लगाउदै दिए जितको आशीर्वाद

MadhesKhabar

गरीबका लागि “भरपेट भोजनालय” निरन्तर सेवामा

MadhesKhabar

काँग्रेस प्रतिको बढ्दो जनलहरले विपक्षीहरु अत्तालिएका छन् : अजय चौरसिया

MadhesKhabar

Leave a Comment