Madhes Khabar
राजनीति हेडलाइन

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले गरे मन्त्रीमण्डल विस्तार: ३ जना मन्त्री नियुक्त

वीरगन्ज,२१मंसिर:मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रीमण्डल विस्तार गरेका छन्।आइतबार पद तथा गाेपनियताकाे शपथ लिए लगत्तै मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका हुन्।

यादवले नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादी कनिश पटेललाई बिना विभागीय मन्त्री तथा जनमत पार्टीका महेश प्रसाद यादव अर्थमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त तीनै जना मन्त्रीले शपथ ग्रहणपनि गरेका छन् ।प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनिहरुलाई शपथ खुवाएका हुन् ।

 

बाँकी मन्त्रीहरुको टुंगो मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिएपछि हुने बताइएको छ । गत शुक्रबार यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

Related posts

कार्यसम्पादन मूल्यांकनमा काठमाडौंपछि वीरगन्ज महानगरकाे स्थान

MadhesKhabar

शेखर समुहका नेताको नाम बन्दसूचीमा समेटेपछि कांग्रेस भित्रको विवाद अन्त्य

MadhesKhabar

८० बोरा चिटको भाषणले निवर्तमान मेयर सरावगी फेरि चर्चामा

MadhesKhabar

Leave a Comment