Madhes Khabar
राजनीति

सरकार फेरबदल होस् भनेर कांग्रेसलेपनि चाहेको छैन : माओवादी उपाध्यक्ष सापकोटा

वीरगन्ज,२१असोजःनेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले प्रचण्ड नेतृत्वको सरकारलाई असफल बनाउन देशीविदेशी शक्तिहरु लागि परेको बताएका छन् ।

वीरगन्जमा आइतबार प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले अहिले सरकार फेरबदलको सम्भावनापनि नरहेको दाबीपनि गरे ।मुख्य सत्ताघटक नेपाली कांग्रेसको नेतृत्वले पनि सरकार फेरबदल गर्न नचाहेको सापकोटाको भनाई थियो ।

उनले भने,‘ कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले कांग्रेस केन्द्रीय समितिको बैठकमै यो गठबन्धन लामो समय जाने भनेर भनिसक्नु भएको छ । त्यसकारण गठबन्धनमा कुनै समस्या छैन ।’ उनले अहिले जनतालेपनि सरकार परिवर्तन नचाहेकोले तत्काल सरकार फेरबदलको कुनै संभावना नै नरहेको दोहो¥याए ।

उनले बर्तमान सत्तागठबन्धनमा कुनै दरार नरहेको जिकिरपनि गरे । सापकोटाले माओवादी केन्द्र र एमालेकाबिचमा कुनै तालमेल वा एकता हुने संभावना अहिले नरहेकोपनि स्पष्ट पारे ।सापकोटाले माओवादीका पक्षमा पछिल्लो दिनमा जनताको विश्वास बढ्दै गइरहेको दावीपनि गरे ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सचिव एंव मधेस प्रदेश इन्चार्ज लीलामणी पोखरेलले माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानले मधेसमा धेरै परिवर्तन भएको दाबी गरे ।

प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा, पूर्वमन्त्रीहरु अजय शंकर नायक, महेन्द्र पासवान लगायतकोपनि उपस्थिती थियो ।

Related posts

शिक्षामन्त्री महावीर पुनले पनि राजीनामा दिए

MadhesKhabar

पूर्व वडाध्यक्ष अहिर एमालेमा दुई दिन पनि टिकेनन् , फेरि काँग्रेसमै फर्किए

MadhesKhabar

सिरोहियालाई ३ दिन प्रहरी हिरासतमा राख्न अदालतले दियाे अनुमति

MadhesKhabar

Leave a Comment