
जनकपुर,९जेष्ठ :नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् ।
धनुषाा जिल्ला अदालतले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला न्यायाधीश चुडामणी खड्काको इजलासले सिराेहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।
सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई मंगलबार पक्राउ गरेको थियो । उनलाई मंगलबार राति नै जनकपुर पुर्याइएको थियो ।साभार:अनलाइनखबर

