Madhes Khabar
राजनीति

शिक्षामन्त्री महावीर पुनले पनि राजीनामा दिए

काठमाडौं,६माघ:शिक्षामन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । अरु मन्त्रीहरूले चुनावी मैदानमा उत्रिन राजीनामा दिएका बेला उनले भने आफ्नै अभियानमा लाग्न भन्दै राजीनामा दिएका हुन् ।

शिक्षामन्त्री पुनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । अर्थमन्त्री खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो!’

पुनले राजीनामाबारे प्रधानमन्त्री सुशीला कार्कीलाई मौखिक जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले पनि बताए ।

यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष हुँदै चुनावी मैदानमा उत्रिएका छन् ।

Related posts

सिरोहियालाई पक्राउ गर्नु स्वतन्त्र प्रेसमाथि प्रहार : लोसपा वरिष्ठ उपाध्यक्ष सोनल

MadhesKhabar

सरकारबाट बाहिरियो एमाले : ८ मन्त्रीले दिए राजीनामा

MadhesKhabar

सन्त नेता भट्टराईकाे जन्मजयन्तिमा वीरगन्जमा कांग्रेसले गर्याे दीप प्रज्वलन

MadhesKhabar

Leave a Comment