वीरगन्ज,१३असारःनेपााली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसका कारण प्राप्त राजनीतिक उपलब्धी र काँग्रेस नेतृत्वको सरकारले विगतमा गरेका कामहरु जनताको बीचमा पुर्याउन पार्टी चुकेको बताएका छन् ।
वीरगन्जमा शुक्रबारदेखि आयोजित मधेस प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले देश र जनताका लागि कांग्रेस र कांग्रेस नेतृत्वको सरकारले गरेका उपलब्धीमुलक कामहरु जनताको बीचमा पुर्याउन पार्टी चुकेको बताएका हुन् ।
त्यसैकारण कांग्रेसको नेर्तवमा प्राप्त भएका ती उपलब्धीहरु जनताको बीचमा पुरयाउने अभियानकर्मीका रुपमा पार्टीका कार्यकर्ताहरुलाई तयार पार्न दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उनले बताए । साथै पार्टीका नीति,विचार र सिद्धान्तहरुपनि जनताका बीचमा पुर्यानका लागि कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न थालिएको उनले बताए ।
खड्काले भने,‘ यो देशमा कांग्रेसकै कारण राणालाई ढालेर प्रजातन्त्र आयो । पञ्चायत ढालेर बहुदल आयो । राजतन्त्र ढालेर लोकतन्त्र आयो । कांग्रेसकै कारण संविधान जारी भयो । संघीयता,समावेशीता लागु भयो । तर यी राजनीतिक उपलब्धीहरु कांग्रेसकै कारण प्राप्त भएको हो भन्ने सन्देश जनताका बीचमा लग्न हामी चुक्यौ ।’
जसका कारण अहिले जनताकाबीचमा गएर जवाफ दिन कांग्रेसलाई समस्या भइरहेको खड्काले बताए । त्यसैका कारण कांग्रेसका कारण सम्बोधन भएका राजनीतिक मुद्धा र विकास निर्माणका कामहरुका बारेमा जनतामा सन्देश पुर्यायनका लागि पार्टीले प्रशिक्षण लगायतका थुप्रै अभियानहरु अहिले चलाइरहेको उनले बताए ।
वीरगन्जमा आयोजित दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभाी भएका कार्यकर्ताहरुले आ–आफनो निर्वाचन क्षेत्र, पालिका र वडाहरुमा पुगेर कांग्रेसका कारण भएका उपलब्धी र विकास निर्माणका कामहरु बारे जनतालाई जानकारी गराउने उनले बताए ।
नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रमेश रिजाल,कानुन मन्त्री अजय चौरसिया,कांग्रेस केन्द्रिय सदस्यहरु नैनसिंह महर र अनिल रुंगटा,मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री,पूर्वमन्त्री सुरेन्द्र चौधरी ,नेपाली काँग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी लगायतकाले पनि सम्बोधन गरेका थिए ।
नेपाली कांग्रेसको मधेस प्रदेश कार्यसमितिको व्यवस्थापनमा केन्द्रिय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा मधेस प्रदेशका आठ वटै जिल्लाका अगुवा नेता–कार्यकर्ताहरु सहभागी छन् ।