Madhes Khabar
राजनीति हेडलाइन

कांग्रेस र एमालेले दुई दलीय व्यवस्था ल्याउने षडयन्त्र गरिरहेका छन् : सिके राउत

वीरगन्ज,३०साउन : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले मुलुकमा दुई दलीय व्यवस्था लाद्ने षडयन्त्र भइरहेको बताएका छन् ।

वीरगन्जमा बुधबार जनमत पार्टी पर्साले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले कांग्रेस र एमालेले दुई दलीय व्यवस्था लाद्ने षडयन्त्र गरिरहेको बताए । उनले भने,‘कांग्रेस र एमाले मुलुकमा दुई दलीय व्यवस्था ल्याउने षडयन्त्रमा अहिले लागेका छन् । साना दलहरुलाई नामेट पारेर आफनो मात्रै राजपाट चलाउने साजिस गरिरहेका छन् ।’

अध्यक्ष राउतले संघीयता र गणतन्त्र खारेज गर्ने षडयन्त्रपनि उनिहरुले गरिरहेको आरोप लगाए ।उनले भने,‘अहिले कांग्रेस र एमाले अचानक मिल्नुको कारण अरु केहि होइन । दुई दलीय व्यवस्था ल्याउने अनि संघीयता र गणतन्त्र खारेज गरेर आफनो हालीमुहाली चलाउने ।उनिहरु मिल्नुको कारण यत्ति मात्र हो ।

त्यसैले जनता अहिले अअझ धेरै सजग र सचेत बन्नुपर्ने अवस्था रहेकोे उनले बताए । राउतले भने,‘अहिलेको संविधानबाट हामीले जे जतित अधिकार पाएका छौं त्यो जुनसुकै बेलापनि खोसिन सक्छ । त्यसैले जनता अहिले अझ धेरै सजग र सचेत अवस्थामा रहनुपर्छ ।’प्राप्त अधिकारको रक्षा र थप अधिकार प्राप्तिका लागि आन्दोलनको तयारीमा रहनपनि उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ रम्भा मिश्रा , नेकपा एमालेका बृजेश्वर चौधरी, शंकर यादव , आशादेवी चौहान, अशोक कुमार ठाकुर लगायतका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका थिए ।जनमत पार्टीका पर्सा इन्चार्ज माधव सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु सिपु तिवारी, देवेन्द्र मिश्रा,करिमा बेगम,ओम प्रकाश सर्राफ, मुकेश द्विवेदी लगायतकोपनि सहभागीता थियो ।

 

Related posts

तराई र भवानी हस्पिटलको चरम लापरवाही : उपचारमा म्याद गुज्रिएका औषधीहरु प्रयोग गर्दै

MadhesKhabar

वीरगन्जमा दलित विद्यार्थीका लागि दलित छात्रावास निर्माण गर्ने मेयर सिंहकाे घाेषणा

MadhesKhabar

दिपावलीमा झिलिमिली वीरगन्ज (फोटो फिचर)

MadhesKhabar

Leave a Comment