Madhes Khabar
राजनीति

संघीयता विरोधी शक्तिहरू फेरि सल्बलाउन थाले : उपेन्द्र यादव

फाइल फोटो

बारा,२८साउनः जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संघीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन्।

शनिबार बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयताका लागि पहलकदमी गर्ने पार्टी खासगरी तत्कालीन मधेसी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टीलाई कमजोर पारी मुलुकबाट संघीयता नै समाप्त पार्ने खेल भइरहेको टिप्पणी गरे।

उनले राज्यबाट आन्दोलनको क्रममा भएका सबैखाले घटना, राजनीतिक मुद्दा फिर्ता लिइसकेको विषयलाई उजागार गरी आफू र जनता समाजवादी पार्टीलाई लक्षित गरी गौर घटना पुनः कोट्याइएको आरोपपनि लगाए।

तराई मधेसमा ५३ प्रतिशत मधेसी समुदायको संख्या रहेपनि वर्तमान सरकारले १३ प्रतिशतमात्र बजेट दिएर मधेसप्रति अन्याय गरेको भन्दै यादवले अधिकारका लागि सबै मधेसी जनता एकजुट हुनुपर्नेमा जोड दिए।

अध्यक्ष यादवले पार्टीलाई मजबुत बनाई नयाँ शिराबाट अगाडि बढाउन टोल–टोलमा संगठन विस्तारको काममा जुट्न नेता एवं कार्यकर्तालाई निर्देशन दिए।

Related posts

प्रभु साह र उपेन्द्र यादवकाे टकरावले रौतहटमा बढ्दैछ राजनीतिक तनाव

MadhesKhabar

उपराष्ट्रपति निर्वाचन आज

MadhesKhabar

जसपा एमाले गठबन्धन : पर्सा १ र २ जसपालाई , ३ र ४ एमालेलाई

MadhesKhabar

Leave a Comment