Madhes Khabar
राजनीति

विवादमा परेपछि गृहमन्त्री सुधन गुरुङले दिए राजिनामा

काठमाडौं,९वैशाख: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विवादित व्यवसायी दीपक भट्टसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए ।

सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।

उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका हुन् ।

Related posts

मधेसकेन्द्रित दलहरूलाई एकठाउँमा गाेलबद्ध हुन लाेसपा वरिष्ठ उपाध्यक्ष साेनलकाे अपिल

MadhesKhabar

पर्सामा जनमत पार्टीकाे जिल्ला समिति विस्तार, अध्यक्षकाे जिम्मा सर्राफलाई

MadhesKhabar

संविधान दिवसमा जसपा माैन : न विराेध न समर्थन ,सहिदकाे शालिकमा माल्यार्पण

MadhesKhabar

Leave a Comment