Madhes Khabar
राजनीति

पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं,१८पुषः पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ ।पूर्व राजा ज्ञानेन्द्रले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए ।

बुधबार भैरहवामा पूर्वराजा ज्ञानेन्द्रसंग भएको भेटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी थिए ।

‘देशको परिस्थिति र समसामयिक विषयमा उहाँसँग हामीले भलाकुसारी गरेका हौं,’ राप्रपा महामन्त्री धवलशमशेर राणाले भने, ‘होटलमा करिब डेढ घन्टा उहाँसँग कुराकानी गरेका थियौं।’

‘देशको परिस्थिति के छ भनेर उहाँले सोध्नुभएको थियो। हामीले पनि उहाँको भ्रमणका विषयमा बुझ्यौं,’ उनले भने, ‘जनताको माग, परिस्थितिजस्ता कुरा पनि भए।’राजसंस्था, हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीका लागि घोषणा गरेको आन्दोलनबारे पनि पूर्वराजालाई जानकारी गराइएको उनको भनाइ छ।

‘सबै राजावादी र राष्ट्रवादीलाई एक ठाउँमा ल्याएर हामी अघि बढ्छौं भन्ने कुरा उहाँलाई जानकारी गराइएको छ,’ महामन्त्री राणाले भने।

 

 

Related posts

मधेस सरकारले गरेको भ्रष्टचार विरुद्ध मेरो उम्मेदवारी हो : ओमप्रकाश सर्राफ

MadhesKhabar

बिश्रामपुरको ६ कार्यपालिका सदस्य मध्ये लोसपाका ५ जना निर्वाचित

MadhesKhabar

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न एकिकृत समाजवादी पर्साको माग

MadhesKhabar

Leave a Comment