Madhes Khabar
राजनीति

पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं,१८पुषः पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ ।पूर्व राजा ज्ञानेन्द्रले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए ।

बुधबार भैरहवामा पूर्वराजा ज्ञानेन्द्रसंग भएको भेटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी थिए ।

‘देशको परिस्थिति र समसामयिक विषयमा उहाँसँग हामीले भलाकुसारी गरेका हौं,’ राप्रपा महामन्त्री धवलशमशेर राणाले भने, ‘होटलमा करिब डेढ घन्टा उहाँसँग कुराकानी गरेका थियौं।’

‘देशको परिस्थिति के छ भनेर उहाँले सोध्नुभएको थियो। हामीले पनि उहाँको भ्रमणका विषयमा बुझ्यौं,’ उनले भने, ‘जनताको माग, परिस्थितिजस्ता कुरा पनि भए।’राजसंस्था, हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीका लागि घोषणा गरेको आन्दोलनबारे पनि पूर्वराजालाई जानकारी गराइएको उनको भनाइ छ।

‘सबै राजावादी र राष्ट्रवादीलाई एक ठाउँमा ल्याएर हामी अघि बढ्छौं भन्ने कुरा उहाँलाई जानकारी गराइएको छ,’ महामन्त्री राणाले भने।

 

 

Related posts

सांसदको उम्मेदवारमा कांग्रेसबाट तिवारीको नाम सिफारिस

MadhesKhabar

वीरगन्जमा जसपा नेपालको सिंगो युवा समिति जसपामा प्रवेश

MadhesKhabar

ठाकुरराम क्याम्पसकाे स्ववियु सभापतिमा शेखर समुहका राज कुमार यादव विजयी

MadhesKhabar

Leave a Comment