Madhes Khabar
राजनीति

ओलीले देउवालाई भेटेपछि कांग्रेस पनि संसद पुनर्स्थापनाको माग गर्दै पुग्यो सर्वोच्चमा

काठमाडौ,२१मंसिर : नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार कांग्रेसले वारेसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

कांग्रेसका ७ जना सांसदको तर्फबाट पूर्वमहान्यायाधीवक्ता खम्म खातीले रिट दर्ता गराएका हुन्। निवेदकमा प्रमुख सचेतक घिमिरेसहित, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुन जागा छन्। ‘हामीले वारेसमार्फत प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट दर्ता गराएका छौं,’ उनले भने।

यसअघि नेकपमा एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो। गत शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।

त्यही भेटपछि कांग्रेसले पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च जाने निष्कर्षमा पुगेको स्रोतले जानकारी दिएको छ। कांग्रेस नेताहरूले भने सरकारले तोकेको फागुन २१ को निर्वाचनमा जान तयार रहेको बताउँदै आएको छ। कांग्रेसले पुस २६ गतेदेखि पार्टीको १५औं महाधिवेशन गर्ने कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

बारा ४ को ख बाट प्रदेशसभा सदस्यमा युवा नेता लोकेश सिंह सिफारिस

MadhesKhabar

वीरगन्जमा हुने भनिएको सद्भावना पार्टीको महाधिवेशन अब जनकपुरमा हुने

MadhesKhabar

देउवाले एकलाैटी गरेकाले गठबन्धन भत्किएकाे शेखर काेइराला समुहकाे निष्कर्ष

MadhesKhabar

Leave a Comment